Monday, November 17, 2014

धारावाहिक सपना

मिर्मिरे सुन्दर बिहानी  पख,  एउटा अलि पुरानु झोला भिरेँ ।   झोलामा  कुची क्यान्भस केहि रंगहरु  र एउटा सानु डाएरी बोकेँ , अनि   म आफ्नै सुरमा हिडी  रहेँ  हिडी रहेँ 

 कहिँ उकालो ओरालो कहिँ भिरलो अनि दम्सेलो , कतै सुनसान सुनसान अपरिचित बाटोमा नितान्त एक्लो मेरो पाइला हरु अघी बढाइ रहेको थियेँ   बाटोको मुनी माथी र दायाँ बायाँको झाडिहरु बाट छेपारा हरुले घरी घरी लुकेर मलाइ जिस्काये झैँ लाग्थ्यो , हिड्दै जादा जादा म निक्कै पर टाढा पुगे झैँ लाग्छ ,  त्यहा बाट केही पर पुगे पछी ठुला ठुला अग्ला झ्याउ पलाये का चौडा हाँगाहरु मा केही साना र ठुला मझौला खाल का प्राणिहरु वारी रुख देखी पारी रुख गरी रहेको ,  बिभिन्न जात जातिको र्ँङी च्ंङी पंछी हरु चिर चिरर  गर्दै डाली डालिमा फुर्फुर  गर्दै नची रहेको थियो भने च्यारर च्यार गरी झ्यांकिरी हरु  तमासले एकापसमा  बाद्बिदाद गरेको जस्तो भान गराउदथ्यो । 

म त्यो तेर्सो बाटै बाटो सरासर अघी बढे पछी  निकै पर एउटा सङ्लो सानु खोला देखियो म कुद्देर खोला सङै को सानु चुछे ढुंङामाथी एक सासमा पाइला राख्न पुगें  र त्यही ढुंङा बाट अगाडी हेर्दै जादा पर पर  निक्कै पर अलि भिरालो तर  अति नै राम्रो हरियो चौर देखिन्थ्यो , मलाइ त्यहसम्म पुग्ने इक्षा लागी रहेको थियो त्यहा जान को लागी यताउती बाटो हेरें तर एउटा सानु गोरेटो पनि देखियेको थियेन   त्यहा अगाडी त तिखा तिखा कंडा भयेका सिस्नु र अरु जातिको झ्यंग  सहित को ठुलो भिर मात्र देखिन्थ्यो      त्यहा बकुलो घना जङल को अध्यारो र ओसिलो ओझ्याल लाइ चिर्दै  बिहानी   घाम का किरण ले त्यो सुनसान जङल को वतावरण लाइ चुनौती  दिइ रहेको थियो ।

 म त्यही ढ्ंगामा थचक्कै बसेँ र त्यही पर को त्यो हरियो चौर तिर नजर लगाइ रहेको थिएँ अचानक  कताकता बाट अनौठो गन्ध ,साथै हिंङ्स्रक जनावर को आवाजले मेरो तन्द्रा टुट्यो , अनि यस्सो पछाडी फर्केर आफु हिडेर आएको दिशातिर नजर लाएँ त  भएंकर ठुला ठुला जङगली जनावर लमक लमक गर्दै ठुलोठुलो कालो ओढार को भित्र र बाहिर गरी रहेको , ओढार को वर पर लडी रहेको मानव कंकाल र खोपडी अनि यताउता चट्टान मा र बुट्यान हरुमा लम्तन्न अल्झिएका ठुलाठुला अजिंङर को काचुली देख्दा होस हावास उडिसकेको थियो      त्यो ओढार माथी को घोप्टो परेको चट्टानबाट पानीको निकास  तप तप   चुहिरहेको थियो  साना र ठुला ठुला चमेरा हरु एकापस मा झागडा गरी रहेको थियो   । 

 त्यो अनकन्टार अध्यारो जङल भित्र कता कता हुउ- हुउ  हुचिल को आवाज ले झनै आतंकित पार्दथ्यो 

 वाफ्रे !   म कसरी त्यही बाटो बाँचेर आएँ प्रभो ,  मैले एक लामु सास ताने । अब म जती सक्दो चाडै त्यहाँ बाट भाग्न चाहेँ  मलाई ति दृस्य हरुले ऐल्यै छोप्न लागे झैँ लाग्न थाल्यो  तर अगाडितिर कतै पनि भाग्ने बाटो नभै  कहाली  लाग्दो भिर मात्र देखिन्थ्यो  फेरी यस्सो उँभो तिर हेरेँ त्यता तिर पनि कहिल्यै नदेखेको धेरै अनौठा जनावर हरु ओहोर दोहोर गरी रहेको देखिन्थ्यो    अब म अब म ज्यिउदै ऐठन मा परेँ ,  कि  अब म कसरी उम्किने हो     मैले फेरी एक पटक त्यही ओढार तर्फ हेरेँ अजंङ को सिंह मुखमा आहारा च्यापेर ओढार भित्र पस्नै लाग्दा म तिर पुलुक्क फर्केर हेर्यो  अनि त्यो आहारा फ्यात्तै त्यही भुइमा छाड्यो र म तिर बढ्यो  म अताल्लिएर अलि उधोतिर दौडेर गएँ एउटा चुचे ढुंङमा टेकेर त्यहाँ बाट उफ्रेर नजिकैको हाँगामा समाउन भ्याएँ , अप्शोच ' हुत्तिएर त्यो हाँगा भाचियो  गएर अलि तल झुम्म परेको कुन्नी के के को हाँगामा अल्झिन पुगेँ  त्यो सिंह सरासर  केहि वर  सम्म आयो र लामा लामा जिब्रो निकालेर मुख चाट्दै मेरो छेउ तिर आउने कोशीस गर्‍यो , तर म जमिन भन्दा निक्कै माथी लहरो को झुन्ड मा अझिएको रहेछु    सिंह मलाई हेर्दै केहि बेरसम्मा त्यही बस्यो     मेरो मुटु एक तमासले उफ्री रहेको थियो  लामु लामु सास तानी रहेको थिएँ मैले 

 " भगवान !  मलाई यो आपत्ती बाट छुटाउनुहोस मैले प्रार्थ्ना गरिरहेँ    केहि छिन पछी सिंह जुरुक्क उठ्यो र म तिर टुलु टुलु हेर्यो र मुख चाट्दै उस्को गुफातिर लाग्यो     म केहि समय सम्म  त्यही लहरा मा चुपचापसँग बसी रहेँ , पश्चात त्यहाँ बाट भाग्ने चेस्टाले बाटोको खोजिमा मेरो आँखा चनाखो भयो  म त जमिन देखी निक्कै माथी त्यो भिर को टाकुरा भन्दा पर अल्झियको रहेछु   डरले झान्डै हात खुट्टा खुस्किएको ।   म बिस्तारै होसियार पूर्वक लहरा हरु समाउदै जमिनमा उत्रेँ र त्यो सानु खोला उफ्रेर पारी तरेँ ,  फेरी कुदेर तल तिर गएँ , त्यहाँ एक सानु गोरेटो जस्तो बाटो अगाडितिर बढेर गएको भेटियो ।  हतारमा  त्यतै  तिर आफुलाई हुत्याएँ   तर त्यो  गोरेटो त्यती सजिलो  थिएन ।  निहुरिएर मात्र अगाडी जान सकिन्थ्यो  कारण तिखा तिखा काडेदार झाडिले ढाकेको थियो       घरीघरी काँढाहरुले  तानेर मेरो झोला काँढाहरुमा अल्झी दिन्थ्यो    म निकै कठिनले भाग्दै भागदै गएँ मलाई ति कुनै अप्ठ्यारा हरुको पर्बाह भएन ,  भयो त त्यही हिङ्स्रक जनावर हरुको , जस्ले मलाई  लुछाचुडी पारेर  छिनभर मै शेस पार्न सक्थ्यो    म भाग्दै भाग्दै निक्कै परा पुगे पछी केहि पर सानु खुल्ला ठाउँ मा पुग्न सकेँ  त्यही को एउटा ढुङाको आडमा मन भित्रको त्रास र सासको गती सान्त पार्न केहि छिन आराम लिएँ  एक चोटी लामु सास तानेँ खुइए गरेर आकास तिर मोहडा फर्काएँ  कालो बादलहरु एक तमासले मडारी रहेको थियो  । बेलाबेलामा त्यो कालो बादल लाई चिर्दै बिजुली को झिल्को जमिन सम्म झरेको देखिन्थ्यो   म त्यही कालो बादल तिर हेरी टोलाई रहेको थिएँ  अचानक गडङडङ गरेर मेघ गर्जन ले घाइते मनस्थिती मा फेरी  एक चोटी हल्चल मच्चाइ दियो  अनि घाम र पानी एकै चोटी पर्‍यो, । म त्यही घामपानी ओढेरै त्यो ढुङामा अडेसिएँ पश्चात आफुलाई नियालेँ मेरो ठाउ ठाउमा काँढाले च्यातिएको कपडा , च्यातिएको   झोला , लेस खुस्किएको लथालिंङ्ग जुत्ता अनि सरीरको केहि भाग बाट बगी रहेको रगत अलि अलि पुछपाछ पारे पछी जुत्ताको लेस बाँधेर अघी बढेँ, बस्' बढी नै रहेँ ।

घरी घरी यता उति घुम्ती हरुमा कुनै बेला कता कता आक्कल झुक्कल हिडेको बाटो जस्तो पनि लाग्थ्यो ।  यसरि कही उकालो कही ओरालो भिरालो अनि दम्सेलो गोरेटो हरुमा मेर यि दुइ पाइला अनावरत रुपमा  अघी बढी रहेको थियो ।  सिम सिम  घामपानीको रुझाइ सँङै बांङो टिँङो ठाडो उकालो केहिबेर चढेपछी ,  निक्कै माथी एउटा निक्कै रमाइलो अग्लो चुचे डांडा माथी पाइला रख्न पुगिएछ  ।   त्यहाँ यती उज्यालो अति सफा सुघर मनमोहक  ,  त्यो वतावरण नै  यती सुन्दर थियो कि कुनै कुनै बेला बयान गरिएको स्वर्ग सायद यहिँनै हो ।          त्यहाँ बाट अगाडी अति नै रमाइलो भिरालो परेको निकै सुन्दर हरियो चौर थियो ।   चौर को हरियो घाँस बिच बिच मा स्-सानु स्वच्छ पानीको मुहान हरु कल कल बगी रहेको , रंङी बिरंङी फुलहरु ढकमक्कै फुलेको, बिभिन्न जात जातिको भमरा पुतली र अन्य जात को सौंन्दर्य प्रेमी जिवजिवादी हरु थुंङ्गा घ्ंङ्गामा रमाइ रहेको थियो भने अलि माथी तिर अग्लो तारे भिर पनि ठिङ्ग उभिएको थियो ।  चौर को केही छेउ मा साना साना धुपी को हरियो बोटहरु चौर को केहि भाग सम्म तरेली बनेर किनरा  लागेको देखिन्थ्यो । मैले नजर घुमाउदै अलि तल खोलापरी तिर नजर पारेँ , काउली जस्तै झुम्म परेको जंङ्गल बिच बाट सुन्दर झर्ना सुसेल्दै तल नागबेली खोला बनेर बगी रहेको देखिन्थ्यो  त्यही भन्दा माथी को त्यो डाँडा परी को माथिल्लो चुचुरोमा चाँदी झैँ टल्किएको सहस्र हिउँले ढाकिएको सृंखला  देख्दा त मनै प्रफुल्लित हुन्थ्यो ।  म दौड्दै चौर बिच ठिंङ्ग उभिएको सुकिलो ठुलो ढुङा माथी चढेँ , र  चारैतर्फ नजर घुमाएँ  नजिक हुँदै टाढा टाढा त्यो डाँडाकँडा त्यो पहाड पर्बत हुँदै निकै पर त्यो त्यही जंङ्गल '  जहाँबाट म आपत्ती को घेरा बाट उम्केर आएको थिएँ ' मेरो नजर ठोकिन पुग्यो ।   एक पटक मुटु सिरिंङ्ग भयो 

 'धन्य प्रभु !  अब म सुरक्षित छु '    प्रर्थना गरेँमैले  अनि चारै तर्फ एक चोटी नजर घुमाए पछी  झोला  बाट क्यान्भस कुची र रंङ्ग हरु निकालेँ त्यो टल्किएको हिउँ शृंखला त्यो हरियाली बन पाखा ,     वा सम्पुर्ण प्राकृतिक छ्टा हरु भावुक ढंग ले मेरो क्यान्भस भरिदै गयो  केहि समय रंङ्ग सँङ्ग खेले पछी थकाइले हुन सक्छ , एक चोटी हाईइए गरेर उत्तानु परी त्यही ढुंङ्गा माथी पल्टिएँ  मेरो दृस्टी खुल्ला आकाशमा दौडियो 

आकाश पुरै सफा थियो निलो आकाश बिच कतै कतै मात्र सेती बादलहरु कपासका भुवा जस्तो  देखिन्थ्यो।   थरी थरिको चरा चुरुङी हरुको मिठो धुन थियो 

 

 त्यो खुल्ला आकाश को दृष्य हरु संगसंगै आन्तरिक हृदय का भावनाहरु प्रश्न उत्तर बनी खेल्न थाल्यो।       



 'भन्ने गर्छ यो आकाश र धरतिको अपूर्ण मिलन सायद सफलता पाउन नसके पनि आकाश सधै धरती तिरै झुकेको हुन्छकी  ....... सायद .......सायद प्रस्फ़ोटन हुन नसकेको मौन प्रेम  धरतीले नबुझ्दा   एउटा मिठो सपना साँचेर सधै भरी उसैको प्रतिक्षामा बाँचेको हुन्छ ,....... सबै दुखहरु लाई भुलेर उस्कै लागी  खुशी  साँचेको हुन्छ ,......' अँ ' त्यो सेती बादल समुह बाट छुटेको किन होला ?....... 'के त्यो पनि मिठो सपना बोकेर कसैलाई भेट्न आतुर छ ? ......  ' सायद ' सायद त्यो पनि म जस्तै बिना गन्तब्य अघी बढिरहेछ ,.......स्रिस्टि को एउट़ा  सुन्दर रचना  मानव  जीवन पनि  अपुरो  किन  ? ..........

 साँच्चै यती सुन्दर स्ंसार कस्ले बनायो होला........अनि यो सबै दिख्ने, सुन्न सकिने , चाख्न सकिने, चिसो र तातो यो संसारिक सम्पुर्ण  गुण हरु अनुभुत गराउने इन्द्रीय हामिलाई कसले दियो  जुन अंग हरु सारिरिक जिवनमा अत्यावशेक , वा जुन बिना शरिर जिवित रहन असम्भव छ  

  यो सारा ब्रह्मान्ड मा सम्पुर्ण प्राणी रचना गर्ने शक्ती तिमी को हौ  ?    " यस्तै यस्तै तर्क बितर्क मन भरी खेलाउदा खेलाउदै फेरी एक चोटी हाईइए,,.. गरे पछी सिर्सिरे मन्द हावाको बहाव सङ्ग सँगइ मेरो दुइ नयन चिम्म भएछ । 


                  * * * * * * * *

उठ्! -उठ्-!!      उठ्' उज्यालो भयो !!! मलाई कसैले झक्झ्काए जस्तो लाग्यो ।  

तर थकाइ को कारण गहिरो निंन्द्राले अझै छोएको थिएन ।   तै पनि लगातार उठ आवज ले मेरो निंन्द्रा टुट्यो          हाईइए,,, गरे पछी बिस्तारै आंखा खोलेर बिस्तारै आफ्नो शिर तिर नजर उठाएँ , सेतो उज्यालो पहिरन पहिरिएकी ,       सलक्क परेको जिउ डाल झरना जस्तो लामु केशराशी कम्मर सम्मा सर्लक्क झारेकी ,  झोला पनि भिरेकी , अति सुन्दर युवती  सेतो पछेउरी शिर्शिरे हावामा फहराउदै मलाई   झक्झ्काई रहेकी  थिईन ।  मलाई आश्चर्य लाग्यो कि यो सुनसान स्थल मा यि परी एकाएक   कताबाट प्रकट भैइन !  मैले आश्चर्य को दृस्टी ले  तीन को मुहार हेरी रहेँ  हिस्सी परेकी ,  हिउ जस्तो गोरि,   सुन्दर मुहार्,  सानु कोठिले कता कता सुहाएकी  मुसुक्कै हिस्सिपुर्ण हाँसोमा हासिन अनि बोलिन , उज्यालो भैसक्यो हेर त !

ह्ँ ! ?      मैले खुल्ल   आकाश तिर नजर लगाएँ  पूर्व बाट बिहानिको घाम रंङ्गिन कलीलो किरण छर्दै सम्पुर्ण जगतलाई चिहाइ रहेको थियो ।   म बिस्तारै  उभेँ  अनि आश्चर्ए ढंङ्गमा सोधेँ ।  "अनी तिमी !     तिमी को हो ? 

म ?    ' तीन ले चारै तिर औंला घुमाउदै बोलिन   'म ?     उ त्यो डाँडाकाँडा लाई सोध्  ।    ' त्यो पहाड पर्बत लाई सोध्, 

  मैले त्यो दिशा तिर हेरेँ  ,  बिहानी  क्षितिज को पृस्ठभुमिमा सेतो र कालो पंछी हरु उडि  कतै गै  रहेको ,   अनि त्यहाँ नजिकैको फुल हरुमा बिहानी घामको किरण ले टल्किएको शितको थोपा ।

म  आश्चर्य चकित हुँदै  फेरी बोलेँ ,   'खै  ?    खै त  कस्लाई सोध्ने ? 

 उन ले एकपटक हल्का हाँसो हासिन र माथितिर औंलाउदै  भनिन् ,   "उ- त्यो  माथी , त्यो पहरा लाई सोध  

मैले त्यतातिर हेरेँ ,  तारे भिर अटल मुद्रामा उभिएको थियो   मैले फेरी उनितिर प्रश्नसुचक दृश्टी लाएँ 

  'उ त्यो  छहरालाई सोध्,    तीन ले पारी तिर को लामु  झरना  देखाईन   

एस्ता अनौठो अनौठो कुराले मलाई  ताज्जुव बनायो   म   अल्मल मा परेँ ,  यि परी को बारेमा सोच्दै केहिबेर टोलाउन पुगेँ          दुइ चार कदम पर गएँ ।   अनि  एक लामु सास तानेर आकाश तिर  मोहडा उठाउदै हत्केलाले आँखा छोपेँ । 

उनि  केश सर्लक्क पार्दै  बोलिन   'के   भो  ?           छेउमा आएर मन्द मुस्कान मा फेरी दोहोर्याईन ,      के    भो ? 

हत्तेरी  !          "मैले कपाल कन्याउदै दिक्दारिपन जनाएँ 

 के  भो र ?         त्यही प्रश्न गरिन ।

 मैले तीन को शिर देखी पाउसम्म नियाले पश्चात जिज्ञासा राख्दै सोधेँ , आखिर किन तिमी यथार्थ बताउँदइनौ ?    तिम्रो नाम     चैँ   के ?   प्रश्नसुचक नजर लाएँ  ।

" सपना '           छोटो  जवाफ  दिदै सेतो पछ्यौरी फहराउदै   अलि पर गैइन ,  अनी  चारै तर्फ हेरेर फेरी बोलिन     'हेर  यो  फुलहरु,  ति हरियाली रुखहरु ,  ति  भमरा पुतली हरु , यानिकी ,    यहाँ जती पनि प्राकृतिक सौँन्दर्य छन ,  यिनै हुन मेरो जिवनको सहारा ।   यि ' यहाँ को पशु पंछी हरु त के यहाँ रुखको  पात पात ले   मलाई चिनेको छ ।  



के यि परी अर्ध्वपागल हुन ?   नत्र यिन को भनइ को  तात्पर्य के हो ?    म अल्मल्ल परेँ   कि  एस्तो सबै कसरी हुन्छ ? 

  तीन ले आफ्नु पक्ष्यौरी सपक्क मिलाईन अनि मुसुक्क मुस्काउदै बोलिन ' किन ?     किन  बिस्वास लागेन ?

 मैले केहि नबुझेको  सांकेतिक  शिर हलाई दिएँ ।  

हो साँचै बुझ्न अलि गार्हो नै छ ,   ऐले ब्याख्या गर्नु सक्दिन ,        तिमी आफ्नो संसार मा फर्के पछी   आफै  बुझ्ने छौ , भनेर केहि पाइला पर  गैईन ।    गालामा हात राखेर पारी को झार्ना तिर हेरी टोलाई रहिन । 

तर  म  यो जान्न चाहन्छु  कि , तिम्रो यो भनइमा के रहस्य छ ?  तिम्रो बिशेष पहिचान के हो ?    मैले उत्सुकपुर्ण ढ्ंअङ्गमा तीन को हात झकझकाइ दिएँ ।   

उनि आफ्नो केश सर्लक्क तह लगाउदै अलि पर गैइन र मुस्काईन अनि बुर्लुक्क उफ्रेर ढुंगा बाट ओर्लिइन केहि पर पुगेर फरक्क फर्केर    'आउ भनेर इशारा गरिन म पनि ओर्लेर छायाँ सारी उस्को पछी पछी लागेँ । 

 हामी त्यो भिरालो चौरै चौर  केहि पर एक सानु ढुङे धारा मा पुगियो, मलाई अलि तिर्खा लागेको ले पानी पिउने चेस्टा गरी हात पखाल्न लाग्दा चोँट लागेको घाउ बाट चाहराउदै अलि अलि रगत बग्न थाल्यो   हत्केला मा  थापेको रगत पानी पिउनै लाग्दा ..' पख.. 'एक छिन पख   भनेर हात पखालेर अन्जुली भरिको पानी म तिर बढाइन 

  होईन... भैगो पर्दैन सपना म आफै......कै छैन अप्ठेरो मानु पर्दैन 'बिचैमा कुरा काटेर फेरी बोलिन तिम्रो हात भरी घावै घाउ छ, " हेर आज तिमी मेरो पाहुना हो पाहुनाको कदर गर्नु जो कोहिको पनि कर्तब्य हो र म पनि कर्तब्य को सेवक हुँ ,   कुरा   बुझ्यो नि ! 

 मैले स्विकारोक्ती  शिर  हल्लाईदिएँ  ,   मैले नबोली  सरासर दुइ चार अन्जुली पानी पिउदै गर्दा  तीन को सुन्दर मुहार मा मेरो नजर  पुग्यो , किन किन हेरी रहुँ जस्तो  लाग्यो    अझै  धेरै पानी  पिई रहुँ  जस्तो लाग्यो ।   अनि  हेरी रहेँ  ' हेरी रहेँ , " जसरि मध्य रात को निसाधले पुर्निमालाई हेरी रहन्छ  । 

 

चन्द्रमा जस्तो उज्यालो अति सुन्दर चेहरा र उनको त्यो निर्दोश नयन हेरी हेरी   अरु दुइ चार घुट्को पानी पिईदिएँ  अनि त्यहाँ बाट  उनि आफ्नो लामु केशराशी मिलाउदै   केहि नबोली चुपचाप हिडी रहिन 

म पनि भिजेको केश पुछपाछ  पारेर  झोला काँध मा भिर्दै  बोलेँ ,     कुनै बेला  किताब मा स्वर्ग अनि  स्वर्ग कि परी को  कथा  पढिएको  यहाँ पो  रहेछ   

 मैले  त्यहाँको  चम्किलो  र  आनन्दित   वतावरण  देखेर फेरी बोलेँ ,  .........  म कसरी यहाँ सम्म आएँ हुँला  !....यो सुन्दर संन्सार मा   कैल्है  सपना म देखीटाढा भएर नजावस              " हँ  !  कतै सपना त देखिरहेको छुइन ! .....मैले आफ्नै गालामा बिस्तारै निमोठेँ  र उनलाई  बोलाएँ   । "सपना       तिमी किन बोल्दैनौ    ? 

उनी  चुपचाप हिडी रहिन ।

 ठिकै छ ,  यती मिठो सपना भए   बिपना चाहिदैन मलाई  ।  मैले  बिस्तारै गुनगुनएँ  ।  

कलकल बगिरहेको सानु मुहान  को संग्लो पानी  हत्केला भरी उठाएर माथी फाल्दै  अलि कराएर फेरी बोलेँ ,   'सपना   तिमी किन नबोलेकी सपना ? 

उनि  नि:शब्द  मन्द मन्द  गतिमा  अघी बढी रहिन  केहि पर पुगे पछी, एउटा सानु तलाउ नजिक पुगेर शिरमा पक्ष्यौरी को घुम्टो ओढे पश्चात सानु झोला बाट किताब निकालेर पाना पल्टाउन थालिन     । 
 म पनि गएर छेउमै बस्दै बोलेँ ' हत्तेरी के पढी राखेकी  ?   म अघिदेखी  बोलाई रहेछु  तिमी  चैँ नबोली  हिड्नु पर्ने ?   किन ?    तिमीलाई रिस उठ्यो कि  !    म तिम्रो पछी पछी लागेको मा ?     
केहि बेर को मौन पछी आँखा खोलेर मन्द मुस्कान मा बोलिन '     त्यसो होइन म हरेक क्षण प्रार्थना गर्ने गर्छु ,         प्रार्थना नै मेरो जिवन हो ।

"ए ,  बाटोमा हिड्दा पनि प्रार्थना ?   " वहियात,       " मैले सानु ढुंगा तलाउमा फाल्दै फेरी  बोली हालेँ  प्रार्थना किन गर्नु ?       के हुन्छ प्रार्थना गरेर ?  
थाह छ , तिमी कुनै सत्यतामा  बिस्वास छैन,  अनि त्यसो भन्छौ  , 
 तीन ले भनिन । 
मेरो त सबै  सबै मेरा प्रजा देवता  हुन     म चाही राजा देवता  तिनिहरुले नै मेरो प्रर्थना गर्छन,  अलि ठट्टा शैलिमा  हाँसेर भनिदिएँ । 'तीन ले  स्-सानु हरियो झार चुडाउदै बोलिन ,  अरु केहि भन्नु थियो ?
 कै छैन मैले बोल्ने चेस्टा गरिन   
 मलाई एस्तो लागी रेहेछ कि म भन्दा  उस्को त्यो किताब र प्रार्थना ठुलो,  कारण केहि छिन अगाडी को भेट पनि बर्षउँ को झैँ लागी रहेकोले  होला,       मलाई चित्त दुखाइ भैइ रहेछ्, ।


तीन ले शिरको  पक्ष्यौरी को घुम्टो हटाउदै बोलिन ,  ' शान्त होउ शान्त घमन्ड नगर,  तिनले मेरो नजर हेर्दै  अरु बोलिन  तिमीले पनि बिपत्ती को घडी एउटा अदृश्य शक्ती को पुकार गरेको छौ   र  फेरी गर्नेछौ   किन गर्छौ घमन्ड ?   

म बाट कुनै समस्या भएको छ भने माफ गर ।   मैले अलि दुखित मन पारेर भनेँ । 


 तीन ले स्-सानु ढुंङ्गा  तलाउमा तप्प तप्प फाल्दै  फेरी बोलिन छैन , त्यस्तो केहि होईन  सकारत्मक सोच बनाउ अन्यथा नसोच्     बरु आज मलाई अत्ती नै खुशी लागी रहेको छ कि यो सुन्सान स्थल मा कसैले  ' सपना भनि मलाई सम्बोधन गरी रहेछ ।

तालको पानी मा सानु अनि ठुलो ठुलो बन्दै गएको तरंग  हेर्दै     फेरी दंग पर्दै  मैले पनि बोलेँ   ' तिमीलाई भन्दा अझ बढी खुशी मलाई लागेको छ । 
 " किन  ?  उन ले मलाई  सोधिहालिन  । 
आज यो  रमणिय   स्थल मा एउटी सुन्दर अप्सरा लाई भेटेको छु ,   उनलाई  भेटेर यो सबै घाउ हरु निको भएको महसुस भएको छ ।

' अँ होला '  उनि अलि लजाउदै फेरी बोलिन,      " खै घाउ देखाउ त !   

किन  नि  ?    मैले घाउ देखाउदै सोधेँ  

 तीन ले त्यो हात को झार हत्केलाले माडेर रस घाउमा लगाउदै बोलिन , ल हेर !  शरिर भरी अझै पनि काडा हरु छ्न ।
" ए , थुप्रै छ ?   निकालिदेउ न ।
तीन ले बिझेको  को काँडा हरु निकाल्दै भनिन्,   धेरै त छैन घाउहरु धेरै छ ।  
तीन को निर्दोष नयन मा निस्वार्थ को भावनाहरु प्रस्टै देखिन्त्यो ।  त्यसरि  चाहर्याइ रहेको घाउमा  उनले लगाइदिएको त्यो झार को रसाइन ले  यती शितल् ,  यती आनदित तुल्याइदियो कि ,  मानो ,   कुनै   त्यस्तो घटना घटेकै छैन्,    चोँट लागेकै होइन   
  
तीन ले   निकालिएको काँडा देखाउदै फेरी बोलिन " ल हेर  तिमी त  ज्याद्रै   रैछौ नि ,   यती धेरै घाउ बोकेर पनि प्रसन्न छौ ।
हो नि त सहन शिल नै  सभ्यताको पहिचान हो । मैले अलि पर को झ्यंङ्ग तिर देखाउदै ठट्टाको भाव मा फेरी बोलेँ    " उ - त्यो क्याक्ट्स लाई हेर त , काढाहरु त त्यस्को पुरै शरिर भरी छ,  तै पनि शान्त छ ।   

हास्दै बोलिन  हुलिया हेर न हुलिया ,  हसाउन त  खुब जानेको   रैछ ,  त्यै भएर काँडाले तिम्रो थोपडा पनि क्याक्ट्स जस्तै  झ्ंन्डै  बनाइ दिएको 

के रे !   थोपडा रे !!   मुहार भनन मुहार ।

 एक पटक खिस्स मुस्काउदै उठेर ,  सुन्दर मुहार हो कि थोपडा हो हुलिया ले बताउदै छ '  भन्दै   उकालो  तिर  लागिन  म उसै गरी पछी लागेँ । 


अब सुर्य पनि  बिस्तरै   उकालो  लाग्दै थियो   वतावरण अति सुन्दर शितल र मनमोह्क थियो ।  भिरालो चौर को हरियाली घास बिच मा कतै कतै  साना ठुला चयाउ हरु ठिङ्ग उभिएको  र  च्याउको को मुनितिर बसेर सुर्यको तातो किरण छल्दै  साना ठुला भ्यागुता हरु  ट्यारर   ट्यारर ,  आ-आफ्नै भाषामा गाई रहेको थियो  ।  त्यहाँ देखी हामी कुनी के के कुराकानी गर्दै अलि माथी को त्यो तारे भिर नजिक पुगियो   तारे भिर  काखमै एक सुन्दर बगैँच रहेछ ।   त्यसमा थरी थरिका फल्फुल लटरम्मा फलेर तल सम्म झुन्डिएको ।   एकातिर रङी बिरंगी फुल हरु ढक मक , फुलको सुगन्धले  त्यहाँ को वताबाराण नै अगरबत्ती बालेको कुनै प्रसिद्द मन्दिर झैँ  लाग्दथ्यो ।   फुलहरु मा अनेक थरिको पुतलि, भमरा , मौरी आदी अन्य जात जात का जिव हरु रमाइ रहेको,  अर्को तिर सिँगारिएको हरियो धुपी को बोट हरु किनरा लागेको देखिन्थ्यो ।   गौथलि,  भगेरा,  र परेवा जस्ता पंछी हरुले  त्यो तारे भिर  गुन्जायमान थियो  ।  हामी त्यही बगिचा मै रहेको ढुंङ्गाको फलाईचा मा बसियो चारै तर्फ नजर घुमाएँ  त्यो सुन्दर दृस्य   अरु भन्दा अधिक उज्यालो जस्तो महसुस हुँदै थियो  ।  मलाई तीन ले अति सुन्दर सुन्दर फुलई  फुल को बगैचा देखाइन । त्यो बगैछा सँङ्गै एउटा राम्रो चौतारा र छेउ मै अलि पुरानु जस्तो देखिने दुइ वटा समाधिस्थल पनि थियो । 
 हामी त्यो चौतारा मा बसे पछी मैले सोधेँ '  यो यती सुन्दर बगैचा को मालिक चै को होला ?    कस्ले ख्याल राख्छ ? 
 तीन ले धेरै थरिको फलफुल मेरो अगाडी राख्दै भनिन,  पैले फलफुल्ल खाउ , अनि आफु पनि केहि फलफुल खादै फेरी बोलिन , यो बगैचा को मालिक अरु कोइ होइन  मै हुँ त्यै भयर  तिमीलाई खान दिदैछु । 

' एस्तो लाग्छ कि एस्तो स्वादिस्ट फलफुल अगाडी कैले चाखेको थिएन ।    अति नै अनौठो स्वादको    त्यस पछी अलि पर   भिर मै सानु झर्ना मा हात मुख धोए पछी  त्यही चौतारा मा बस्दै  त्यो समाधिस्थल तिर हेरेर मैले सोधेँ '    यो के हो ? 
  तीन ले अलि निरास मुद्रामा मलिन आवाज मा बिस्तारै बोलिन , मेरो बाबा ममी को चिहान  । 
"हँ !   तिम्रो बाबा ममी को चिहान !   यसको मत्लव , तिम्रो अबिभावक यो दुनियामा छैन ?
 " हो ,  मात्र भनेर पारी को छहरा हेरी दुखित मुद्रामा टोलाईन । 
.."सपना " ...... मैले तीन को मलिन मुहार हेरी बोलाएँ ।
  "हुँ ,  भनेर मलिन आवाज मा बोलिन 
 फेरी  मैले सोधेँ , " बाबा ममी बाहेक अरु पनि कोही छैन ?
" अँ " उसै गरी छोटो उत्तर थियो  । 
फेरी त्यसै गरी वतावरणमा मौनता छायो ,  मौसम उसै गरी सफा थियो ,   चिरर चिप गर्दै उड्ने पंछी हरु को अवाज र    झ्यान्किरी को च्यारर च्यारर बाहेक     वतावरण नि:शब्द नै रह्यो  ।  


मैले उनको बास्तविकता बुझ्ने चेस्टा गरेँ ,  तर उनि केहि नबोली नि:शब्द टोलाई रहेकिले ,  मैले तीन को अतित हरु दुखदायी महसुस गरेँ ,   केहि बेर सम्म   मौन रहे पछी  प्रसंङ्ग बदल्ने बिचारले    सुन्यतालाई चिर्दै   भनेँ   
"आह  !   कती सुन्दर  " उ - त्यो फुलबारिमा फुल हरु ,  त्यहाँ जाँउ न ,  कुन जाती को फुल हुन ति ?  मैले तीन को पछ्यौरिको छेउ तानेर फुलबारी तिर को बाटो लागेँ  ,   उनि पनि मन्द मुस्कान सँग उठेर आइन ,     सबै फुल हरु को जात र नाम बुझाउदै पल्लो छेउ सम्म पुर्याइन,    त्यस पछी फर्केर  त्यही चौतारो मा आइपुगियो  । 
 सबै फुलहरुको नाम र जात बुझाइ सके पछी प्रसन्न मुद्रामा भनिन       'कस्तो लाग्यो ? 
 "साचै राम्रो ' " स्वर्ग जस्तो ,  मैले उत्तर दिएँ । 
उनी मुसुक्कै हासिन  अनि बुरुक्क उफ्रेर एक फड्को मारिन र टप्प एक थुँगा फुल टिपिन  र  बोलिन ,  तिमीले  स्वर्ग देखेको छ  ?
 " अँ   देख्याछु अप्सरा पनि देख्याछु ,     मैले अलि ठट्टा मै भनिदिएँ ।
"उस , कस्ती छिन अप्सरा ?
 " सुन्दरी '  अत्ती सुदरी  ,  बत्तिस लक्षण ले युक्त भएकी ।
'भने पछी ,   मन पर्‍यो ?
 "पर्‍यो ,  अति मन पर्‍यो । 
बिहे गर्छौ  ?
त्यस्ती राम्री  अप्सरालाई पाउदा  बिहे नगर्ने  कुन चैँ लठ्वा होला ,    मैले त्यसै  गरी भनिदिएँ  .
" उस्स !  होइन  होला  ,   भनेर हात को फुल माथि हावामा उफारिन , फेरी कुद्दै गएर च्याप्प समाइन र म छेउ आएर फुल मेरो हातमा थमाइदिदै बोलिन ,  " ल यो फुल लिएर ति अप्सरालाई प्रस्ताप राख्न जाउ भनेर उफृदै अघी बढिन 
   म पछी पछी लाग्दै बोलेँ ,  ति अप्सरालाई पाउन सके त यो फुल मात्र किन मेरो   ज्यान   बली चढाउछु ।
 ' आहा !   ज्यान बली चढाउछौ ?  
'अँ , म त उस्लाई अन्तरअत्मा बाट चाहन्छु    म अलि भावुक हुँदै बोलेँ ।    तीनले म तिर  हेरेर  सम्झाएको सांकेतइक हात हलाउदै अलि ठट्टाको  भावमा   फेरी बोलिन ,  'ल ल भैगो ज्यान चैँ  बली नचढाउ, बली  चढायौ   भने तिमी नै रहन्नौ ,     तिमी  नरहे तीन ले  कस्लाई  स्विकार्छे  ?
 म अलि अन्योल मा परेँ ,   हातको त्यो फुल हातमै खेलाउदै भनेँ  ,यही बाट प्रस्ताप राखुँ ? 
" ल छिटो गर ,  ठट्टाकै भाव मा भनिन । 
ल उतातिर फर्क , उ - त्यो हिमाल परी हेर  । 
उनले त्यता हेरिन । 
  त्यो फुल तीन को केशराशिमा शिउरिदिएँ ।
अबुईइ....!   "  तिमी त कस्तो मान्छे ,       पागल ,   उनले त्यो फुल अलि पर सारी दिईन   शिर झुकाएर  रातो भैइन,   उनको लजाईमा सँग अलि कती आवेश  को चिन्ह पनि देखिन्थ्यो ।  
फेरी मैले त्यो थुंगा संगालेर हातमा लिएँ अनि  अलिकती भावुक   केहि भय मिस्रत  ढङ्ग  मा नम्र आवाजमा       बोलेँ ,          ति    अप्सरा तिमी नै त हौ नि  ,     आज किन किन तिमी प्यारो लागी रहेछ सपना । 

तीन  दौडेर पर गैइन,   अलि पर पुगेर निरास मुद्रामा टोलाईन 
 म पनि छेउ पुगेर बोलेँ तिमी रिसाएउ  सपना ? 
 फेरी त्य्हा बाट अघी बढेर अझै पर पुगिन 
  म फेरी त्यही पुगेर भनेँ,  नरिसाउ  माफ गर  मलाई    
 " उनि  नि:शब्द अघी अघी ओरालो तिर बढी रहिन 
  म पछी पछी सपना सपना भन्दै जादै भनेँ  , ' तिमी साँचै गरी  रिसाएकी हो ?   म कुदेर उस्को अगाडी पुगेर क्षमा याचना गरेँ ,  अब नरिसाउ , मेरो लवज फिर्ता लिन चाहन्छु  

 हरियो चौर को पल्लो डाँडा पुगियो तर केहि नबोली    तीन ले अर्को  अझै उताको दम्सेलो उकालो तिर बाटो मोडिइन        
 म पनि त्यही तिर पछी लागेँ । 

 मैले भन्दै थिएँ ,  ल है यती राम्री मान्छे रिसाउदा त झनै  राम्री देखिदो रैछ , .... गितकार ले त्एतिकै गाएको होइन रैछ  
"मनका सारा बोझ हरु बिसाइदेउन बिन्ती ।
 "रिसाउदा झनै राम्री  रिसाइदेउ न बिन्ती "         "(साभार)  ।.....................................................................................। 'अझै  रिसाउदेउ  है ,.....  तर थाह छ मलाइ  तिमि कहीलेइ  नि  रिसाउदैन .........  ज्ञाँनी मान्छे रिसाउनु पक्कै हुँदैन ,... आ.........तिमी    जतिसुकै रिसाउ , म तिमी सँग रिसाए पो.....  ।  मलाई घृणा गर , म देखी भाग सपना   म तिम्रो पिछा छोड्दिन ,...  " मलाई थाह छ सपना, जुन धातु छिटो तातीनछ त्यो छिटो सेलाउछ ,....जो छिटै रिसाउछ  उ  चाडै खुशी हुन्छ ,...." होइन यो केटी चैँ   किन नसेलाकी. ..?
  "ए ,  सुन्दर हरियाली पखेरा हरु,  सम्झाइदेउन उसलाई  ............ 
.....................................................................................

"सपना ! अब त बोलन  कत्ती रिसाउछौ ,   

अलि छिटो गरी अगाडी पुगेर    मैले त बोलाई रहेँ ,  तर    केहि नबोली सरासर हिडी मात्र रहिन 

 " एबम रितले  केहि बेर को  हिडाइ पस्चात फेरी केहि बेर ओरालो भिरालो चौरै चौर हुँदै  अन्तमा   त्यै चौर  बिच ढुंङ्गा माथि चढ्न पुगियो 
 उनि त्यो ढुंङामा बसे पछी    पर पर को हिउ शृंखला हरु हेरी टोलाई बसिन्   मैले बिस्तारै तीन को अगाडी घुँडा टेकेर  फुलको  थुंगा सहित  दुइ हात जोडी एक लामु सास तानेर  नम्र हुँदै   भनेँ ।    " सपना मैले तिम्रो चित्त दुखाएँ मलाई माफ गर ,     अब म कैल्यै तिम्रो मन दुखाउन आउने छैन ,     मेरो कारण तिमीले अब दुखी हुनु पर्दैन ।  तर  सपना ' एटा कुरा थाह छ ?  साँचो पबित्र मायामा शक्ती हुन्छ रे , एक दिन न एक दिन त्यसको प्रभाव ले छुन्छ रे,   अब त्यस्को प्रभाव उपस्थित अवस्था मा भए तिमीले   मलाई माया गर्छौ ,    तिमी मेरी हुनेछौ ,  र अनुपस्थित अवस्थामा भए मेरो  उपस्थितिको खाँचो तिमीलाई  महसुस गर्नेछ ,  अथवा , तिमी मेरो मायामा तड्पिनेछौ , पछुताउने छौ ,  बस्   " ।     
 अब  म  उस्को  समिप बाट टाढा हुनलाई फर्किन लागेको थिएँ ,   मेरो झोलाको छेउ च्याप्प समाईन र मुसुक्कै मुस्काएर  भनिन ,       "आफ्नो भुलको प्राएस्चित गर '         औंला ठडाइन ।
' के गर्नु पर्छ म तयार छु,         'मैले भनेँ  ।
'कान समाएर भन !
'अब के भन्नु ? '    मैले कान समाएँ  ।
तिमी मलाई माया गर्छौ ?
हँ ! 
मलाई माया गर्छौ ?
 "मेरो  अन्तरआत्माले  त्यसै  भनि रहन्छ । 
तीन ले,  एक चोटी चारै तिर नजर घुमाइन   ,फेरी त्यो फुलको थुंगा हातमा लिईन    भावुक भएर  फेरी  अझै बोलिन ,      " साँच्चै   तिमी मलाई माया गर्छौ र ?
 " म साँची नै माया गर्छु ,   'मैले छातिमा हात राखेँ  ।

 " खै , के बिस्वास  ।

 "बिस्वास गरेर त हेर सपना  । 

तिनले थुंगा  केशरासी मा सिउरिदै बोलिन "भैगो,    धेरै भावुक  नबन  वास्तविक क्षण हरु को ख्याल गर नत्र   पछुताउनु पर्ला  !   भनेर झोला बाट सानु बाइबल किताब निकालिन र पाना   पल्टाउन थालिन   ।

 'मैले भनेँ ,   'ती हरेक वास्तविक क्षणहरु   खुशी बनी सधै भरी   तिम्रो  मेरो  अधिनमा रही रहोस  , ता कि,  यही खुशी  एउटा मिठो प्रणय बनी   जन्म जन्म अमर रहोस   । 

उनि  एक चोटी  पुलुक्क  म  तिर हेरी   मुसुक्क हाँसिन मात्र  केहि नबोली बाइबलको पानातिर ध्यान लगाईन । 

  त्यस पछी    म , केहि छिन चारै तिर नजर दौडाउदै  सबै  प्राकृतिक  सौँदर्य नियाले पछी   शुन्यता लाई भंग गर्दै बोलाएँ          " सपना ""

हुँ , भनेर म  तिर हेरिन ।

हेर ,  आज यो सुन्दर स्थल मा यो सुन्दर  पाखा पखेरा , त्यो सुन्दर सुन्दर बगैचा, त्यो सुन्दर झर्ना ,   ती रमणिय  दृस्य हरु देखेर अति आनन्दित छु  तर तिमी    म देखी  दुखित   भएकी त छैन नि , कतै मेरो ब्यबहार बाट्......"चुप " भनेर मुख थुनि दिदै फेरी बोलिन " चुप.... ' म कतिपनी दुखी छैन ,     बरु धेरै खुशी पनि नबन ,  खुशी त कुनै बेला सपना मा पनि पाइन्छ  र   त्यो दु:खमा परिणत भ्एर     अन्तत:    ब्युझाइ संङ्गै  समाप्त हुन्छ,     " भन " रमाइलो लाग्यो ?  यही बस्न सक्छौ ?       "म को हुँ    तिमीले मलाई नजिक बाट चिनेको छैन ,      जव चिन्छौ,   तिमी वास्तबिक दुनियाँ मा फर्की जानेछौ ।

 अवस्य   बस्छु ,  साँची अतिनै रमाइलो   "अनी , अनि   "मैले त   तिम्रो  भनइ  बुझ्न सकिन  नी  ,   "  तिम्रो बृतान्त मलाई भन्न सक्छौ  ? 

"बिचित्रको छ ,  तीन ले बाइबल झोलामा राख्दै  फेरी   बोलिन ,"  यो कहाँ सम्भव छ र ,  समय भन्दा कथा धेरै लामु छ , अन्तमा  तिमीले मलाई चिन्ने छौ ,      जव आफ्नै संसारमा आफुलाई पाउनेछौ , ।

" हँ !  किन सम्भव छैन ?     मैले आकश मा घाम हेर्दै प्रश्न गरेँ ।"अँ  " अब म जानु पर्छ ,       उनि जुरुक्क उठिन ।

" कहाँ ?  '' कहाँ जाने ?        म पनि उठेँ जुरुक्कै , तीन को एका एक जाने कुराले मन उथल पुथल भयो । 

" उ - त्यो   डाँडा परी , तीन ले पारी पारी को हिउले ढाकिएको चुचुरा देखाइन । 

" किन जाने त्याँ ?  म अलि उदास भएछु ।

" त्यही हो  मेरो बसोबास ,  त्यही जान्छु ।

 "अनी म चैँ ?  उदाशपूर्ण भाव मा मैले पछ्यौरी को छेउ समाएँ ।

तिमी यही बस , झोलाबाट सानु बाइबल निकालेर मलाई दिदै फेरी बोलिन्,  लेउ, यो सधै पढ्ने गर तिमी   कैल्यै  एक्लो  हुने छैन,  फेरिको दिनमा म तिमीसँगै हुनेछु   तर  याद राख यसलाई इन्कारी दियौ भने चुक्नेछौ  

"हँ !    किताब मलाई साथी ?   यो हुँदैन   म एक्लो  तिमी बिना ?  र यो यस्ता कुरामा मलाई बिस्वाश पनि छैन    ।

 'ठिकै छ  नि त ,     "अघी भर्खर मात्र यहाँ   बस्ने भनेको होइन ? हाँसेर भनिन  

 "म एक्लो ?      म तिम्रो बगैचा रुंङ्ने पाले ? मैले बाइबल पर तिर फाली दिएँ ,  पर उछिट्एर पाना पल्टियो  त्यो  पानामा लिखिएको थियो 

 ( नम्रता र परमप्रभु को भएले   दया ,   माया  , धन दौलत   मान् , र  इज्जत ल्याउछ तर  दुस्ट का मार्ग हरुमा  काँढा र पासो हरु लुकेको हुन्छ  अनि खराब मानिसस हरु त्यस्को आफ्नै पाप को कारण पासोमा पर्छ ।  )  मलाई अलि ग्लानी पनि लागेर आयो ,   फेरी बाइबल उठाएर तीन कै झोलामा राखिदिदै बोलेँ ,  मलाई किताब होईन तिम्रो साथ को अपेक्षा गरेको हो सपना ।

तीनले मलाई हेरी रहिन्'  एक लामु सास तानिन  र  निरास चेहरा हेर्दै सोधिन  ।   के त त्यसो भए तिमी म संङ्ग जान्छौ त ?   मलाई सधै भरी साथ  दिन्छौ त ?   एकै चोटी प्रश्न गरिन् ।

तिमी म माथी भरोसा गर ,     हजार जुनि सम्म पनि साथ दिन्छु । 

"ल हिड त्यसो भए म संङ्ग ।     

 म खुशी भएर जान तयार भएँ 

  उनि आफ्नो ब्याग काँधमा भिरेर बोलिन    'तर बाटो धेरै डर लाग्दो छ ठुलो ठुलो ज्यादै अग्लो भिर छ बाटोमा प्रसस्तै हिङ्स्रक जनवार हरु छ्न 


बाफरे  !     मेरो मुख बाट खुस्कियो  मलाई त्यही पैल्हेको जङल को यादले फेरी एक चोटी तर्साइदियो ।  

 " डराउदैनौ ?    म तिर हेरी सोधिन ।

"म ,  म डराउदिन ।  मैले उत्तर दिएँ   तर  मनमा चिसो पसेको थियो ।

ल ,  त्यसो भए हिड  भनेर सेतो पहिरन हावामा फहराउदै ओरालो लागिन । अनि म   काँधमा  झोला भिरेर   तीन को साथ लागेँ ,    

अब हामी के के कुरा गर्दै तल  त्यो चुचे डाँडा  मा पुगे पछी टक्क उभेर आकाश को सुर्य लाई हेरी  पश्चात्,  एक पटक मलाई राम्रो सँग नियालिन र   मुसुक्क हास्दै अलि गम्भिर  र   उत्सुक्पुर्ण प्रसंङ्ग मा सोधिन् ।   तिमी को हौ ?   पहिचान के हो ?   ऐले यो अवस्था कसरी हुन गयो    ?

तत्पश्चात मैले मेरो सबै अतित हरु बर्बाराउदै गएँ साथ साथै हामी त्यो जङलको ओरालो झर्दै गयौँ , ।   काउली जस्तै झुम्म परेको हरियो रुख , अनि गृस्म को शिरशिरे मन्द पवन सङ्ग रमाउदै मैले  आफ्नो अतित हरु अनावरत रुपमा सुनाइ रहेको थिएँ ,   भने उनि चै  अँ'' 'अँ''  भन्दै मेरो बाक्यहाँरुमै ध्यान  दिई रहेकी थिइन    'एबम रितले तेर्सो, ओरालो, भिरालो , अनि दम्सेलो बाटोहरु पार गर्दै निकै पर पुगे पछी एउटा खोला भेटियो ।   खोला  किनार  मै रहेको ठुलो ढुङ्गा माथी चढेर बसियो  । 

घाम अलि चर्को तर शिरशिरे मन्द बतस ले एक किसिम को रमाइलो अनुभुत भई रेहेको थियो    खोला वारी र पारी रहेको चाप र सिरिस को रुखमा फुलेको सुन्दर फुल हरु सित्तल हावाको झोका संङ्गै बर्षाउदथ्यो । शिरिरिरर मन्द हावा चल्यो ।   तीन ले  एक चोटी आफ्नो पछ्यौरिको छेउले मुहार पुछिन र बोलिन

 यो संसार बिचित्र को छ ।  कती निष्ठुरी पनि छ , तर समय को रफ्तार सङ्गै जिउन जान्नु पर्छ , परिस्थिती   जस्तो पनि हुन सक्छ कुनै बेला कदम कदम मा उमङ्ग्को भेल बगेको हुन्छ  भने  कुनै बेला  जटिल अवस्था संङ्ग जुध्नु पर्ने हुन्छ्   परिस्थिती संङ्ग  मुकाब्ला गर्न सक्नु पर्छ्,  ' दुख र सुख भनेको मानव जातिको साथी नै हुन् , यसलाई सहज रुप मा स्वीकार्नु पर्छ ।    दुख मा पनि सुखको अनुभुती हुनु पर्छ्   हरेक दुखको पछी खुशीले पतिक्षा गरेको हुन्छ   वास्तवमा  भन्नु पर्दा, दुख र सुख नै जिवन हो  

 तिमीले त्यस्तो के गुमाएको छौ   र  जसले तिमीलाई चिन्तित तुल्याएको छ , कुन चिज हामिले  जन्मदै   सँङ्गै लिएर  आएको हो  र   ? आखिर    तिमी बाट जे गयो ठिकै भयो ,   " यसरि बुझ कि जे हुन्छ राम्रैको लागी हुन्छ  । मैले आफ्नु सानु झोला गलाबाट   निकालेर ढुङामा राख्दै बोलेँ ,  "खै    सान्त्वना दिनु जस्तो सजिलो  भोगाइ कहाँ हुन्छ र । 

तीन ले आफ्नु सानु   झोला बाट बाइबल निकालेर पाना पल्टाइन   । (हितोपदेश १०,२३' मुर्ख खराब चालचलन मा रमाउछ तर समझ्दार ब्यक्ती बुद्दिमा प्रसन्न रहन्छ ।   ११'२८ जसले आफ्नो सम्पतिमा मात्र भरोसा राख्छ त्यस्को पतन हुनेछ तर धर्मी हरु हरियो पात झैँ मौलाउने छ ।   मानिस आमाको गर्भा बाट नांङै आउछ, र  जसरि आउछ त्यसरि नै त्यो फर्की जान्छ  ।     त्यस्ले आफ्नो परिश्रम बाट आफ्नो हातमा लान सक्ने केहि हुँदैन ।      त्यसलाई के लाभ हुन्छ र ?  (६,  '२ ,परमेस्वरले कुनै मानिसलाई धन सम्पती जग्गाजमिन र मान दिनुहुन्छ जस्ले गर्दा उस्लाई मन लागेको कुनै कुराको अभाव हुँदैन ,  तर परमेस्वरले त्यसलाई   ति   सब उपभोग गर्न नदियर    भोली अर्कै     मानिसलाई उपभोग गर्न दिनुहुन्छ । 

 मैले त्यो   बाइबल  हातमा लिए  त्यही बक्यलाई पु:न दोह्र्याएर अलि गम्भिर हुँदै  बोलेँ  

  " जुन चिज आज तिम्रो छ्,   त्यही चिज हिजो  अरु कसैको थियो  र  त्यो चिज भोली अरु कसैको हुन सक्छ ।   याद गर्दै मैले  भनेँ ,  "सायद  यो  धर्म ग्रन्थमा  पढेको थिए कि   ! 

अवस्य !      हरेक कुरामा सकारत्मक दृस्टी राख,   त्यसबाट राम्रो उपदेस   मिल्छ  ।  असल उपदेश स्वीकार गर जिवन जिउन सिकाउछ  ।   

तीन ले एउटा सानु ढुङ्गा बगेको पानीमा,   तप्लक्क  फाल्दै अरु बोलिन ,  हेर हाम्रो जिन्दगी पनि यो खोला जस्तै न हो ,   के थाह ऐले कलकल रमाइर्हेको पानी कहाँ पुगेर अचानक छँगा बाट झर्न पुग्छ  भने जिवन त   परिक्षा हो ।    धैर्य बनी परमेस्वर माथी भरोसा गर  उहाँको राज्यमा  त्यो  सुनुवाइ हुनेछ । 

   अनि मैले बोलेँ,      "'त्यसैले त होला जिवन लाई एउटा सिक्काको दुइटा पाटो भन्ने गर्छ ।

हो त ' सुनेको त रैछौ नि,  बुझ्न चै किन नसकेको ?  यसरी गन्तब्य बिहिन किन ? राम्रो पक्षलाई सँधै आत्मसात गर्ने गर त्यसले तिमीलाई सत्यको मार्गमा  डोर्याउछ , र  जहाँ सत्य  छ  त्यहाँ आत्म शान्ती छ । 

 मैले  एक लामु  सुस्केरा तानेर आँखा चिम्ली ढुंङ्गमा अडिएँ  अनि  झिनो अवाज मा बोलेँ ,  'खै  अँह्  संसारै झुटो भैदिए पछी  ,  अनि आत्मा कहाँ हुन्छ ?    मलाई त  आत्म के हो  बिस्वास लाग्दैन ।

तीन ले सम्झाएर भनिन ।   हो , संसार त एउटा पर्दा हो र  प्राणी दृश्य को स्वरुप हो,   अनि त्यो स्वरुप को सबै कर्म कृयाकलाप हरु अभिनय हुन   पर्दा र प्राणी एक दिन नष्ट हुन्छ   त्यसैले  शरिरिक स्ंसार झुटो हो  असल बिस्वास   कर्म चाही सत्य हो    पर्मेस्वर  प्रतिको  बिस्वास र  कर्म द्वारा  आत्मलाई मुक्ती  पाउछ ।  र मुक्ती पाएको  आत्मा    रिस राग, रोग, भोग, प्यास, दु:ख, चिन्ता रहित  आनन्दित  र  अनन्त अनन्त को हुन्छ ।   आत्मा भनेको मृत शरिर पछिको एउटा हाम्रै अदृश्य रुप हो   र    त्यो रुप अरु कोही होईन   हामी नै हो । जसरि यो सँसारिक  दुनियामा    शारिरिक रुपमा  हामिलाई   सुखभोग  को  अनुभुती हुन्छ  ,  दुरुस्तै  आत्मिक रुप  मा पनि अनुभुती हुन्छ   । 

 मलाई तीन ले दिएको परिभाषा र तीन को सुमधुर वचन द्वारा दिईएको सान्त्वनाले अतित को क्षण र  हृदय भरी को तिक्तता हरुमा केहि राहत पुगेको महसुस भयो 

म चुपचाप  केहि नबोली  तीन को  सान्त्वान  मनन् गरी  रहेँ  

      उनि खुल्ला आकास तिर मोहडा फर्काएर टोलाईन   मैले पनि त्यतै तिर नजर पारेँ 

  सेती बादल ले बिस्तरै सुर्यलाई ढाक्यो   शितल छाँया धरतीमा पोखियो 

 अब  मैले त्यो खोलाको दृस्यहाँरु केहि बेर नियाले पछी फेरी बाइबलको पाना पल्टाएँ ,  भजन संङ्रह को केहि पदहरु पढेपछी उनि तर्फ हेरी बोलाएँ , खोलाको सुसाइले गर्दा  केहि पनि सुन्न सकिनन ,  उनी केहि पर को ठुलो ढुङ्गा मा उभेर खोलाको सुसाइ सँगइ कुनी के के गुङुनाइ रहे  जस्तो लाग्यो ।  केहि पन्ना पढेपछी  किताब बन्द गरेर उनि छेउ गएँ मधुर मधुर आवाज मा  गित गुनगुनाइ रहेकी थिईन ।

 केहि समय पछी खोला तरेर   तिरैतिर अलि पर सम्म  हिडेपछी फेरी दम्सेलो बाटो भएर निकै पर एउटा ढुंङ्गाको चौतारो मा पुगियो   त्यस्को छेवैमा एक सानु पानीको मुहान , जंङ्गल मा अनेक थरिको चरा चुरुंङ्गी हरु  कराइ रहेको थियो भने  कानै खाने गरी  झ्यांकिरी हरु  आफ्नै भाषामा  हल्ला गर्दथ्यो । जङलको ओसिलो पाखाहरुमा स-सानु जंङ्गली फुलहरु फुलेको देखिन्थ्यो ।  चौतारा बाट दुइटा बाटो छुटेर अगाडी तिर बढेको थियो ।  मैले त्यता तिर हेर्दै सोधेँ   "अब हामी कता जानु पर्छ ? 

तीन ले  पछेयौरी सर्लक्कै  पछाडी परेर  सिधा तेर्सो बाटो  देखाउदै बोलिन  "यही बाटो भएर जानु पर्छ ।

मैले आफु छेउ देखी नजर दौडाउदै पर पर सम्म   त्यो तेर्सो बाटो नियालेँ,  त्यसै बेला अनौठो गन्ध साथ साथै कता कता  जङली जनावरको गर्जन कानमा पर्‍यो   मनमा अलि चिसो पस्यो ।  "यो बाटो त अलि खतरा छ जस्तो लाग्छ ,    मैले तीन को पाखुरा समाउदै भनेँ  ।

 "हो अलि खतरा नै छ तर म त यही बाटो हिडिरहन्छु ,  "ल हिड जाँउ ,  बिस्तरै धकेलेर बाटो लागिन ।

 पख ! पख एक छिन ,  मैले तीन को पछ्यौरी को छेउ समाएँ  ।

'किन ?    डर लाग्यो ?      तिमी त मेरो लागी ज्यान बली चढाउछौ होइन ?     हाँसेर बोलिन  ।

मलाई डर लाग्यो सपना ,    तिम्रो घर पुग्ने  अर्को बाटो छैन ?   अलि कामेको स्वरमा बोलेँ ।

तीन ले अर्को ठाडो उक्कालो बाटो देखाउदै भनिन ,  "  उ - त्यो  बाटो पनि हो तर अग्लो अग्लो चट्टान उक्लेर जानु पर्छ ज्यादै अप्ठेरो भिरहरु छ ,     भन कुन बाटो हिड्छौ ? 

ल हुन्छ त्यही बाटो जाउँ ,      मैले हल्का गरी तानेर उकालो लागेँ ?

 'वाह !   मर्द भएर डरपोक ,      ओँठ बंङ्याएर हास्दै आइन ।


अब के के कुरहरु बोल्दै केहि बेर   उकालो हिडेपछी एउटा अलि अग्लो चट्टान को खुट्किला चढ्नु पर्ने भयो ।  उनि होसियार पूर्वक माथी गइन । झोला पछाडी भिरेर  म पनि बिस्तरै माथी गएँ ।  फेरी त्यसै गरी गफ गरी गरी अरु माथी पुगे पछी अर्को अझै अग्लो चट्टान चढ्नु पर्ने भयो  ।   म बिस्तरै चट्टान माथी चढेँ र तल तिर हात बढाएँ  हात समाएर उनि माथी आउन सकिन 

 हामी हरियो घाँस र लहरा हरु समाउदै केहि उकालो चढे पछी , उनि कुद्दै पर पुगेर बोलिन, छिटो छिटो हिड 

 म पनि कुदेर अगाडी पुगेँ   र   लेउ परेको स-सानु गोरेटो तिर  चियाउँदै   मैले भनेँ     'यो बाटो कोइ हिड्दैन जस्तो छ   

उनि अघी लाग्दै बोलिन ,  कुनै बेला बाबा सँग कैलेकही हिडिन्थ्यो   र  त्यस पछी आज हिडिन्दैछ ,    " डर लाग्यो ? 

मैले नडराएको सांकेतइक शिर हल्लाएर भनेँ,    'आँटी छोराको यात्रा सिंह ले पुरा गरिदिन्छ ।

 "उस् ,     त्यही सिंह हरु ऐले यहाँ भए नि ,  तीन ले त्यही जंङलको याद गराइ दिदै म तिर हेरी भनिन्, ।

"अब   कैले नि केहिसँग डराउदिन ,   जब सम्म तिमी मेरो साथ रहन्छौ,  भनेर सरासर अगाडी बढी रहेँ । 

उनी पछी लाग्दै बोलिन  "धेरै बिस्वास पनि नगरि हाल ,  तिमी कुन दुनियाँमा छौ ,   घात पनि हुन सक्छ ।

"हँ !    कसरी ?    घरी घरी किन   अनौठो किसिमको   कुरा गरी रहेछौ ? मैले बुझ्न सकी रहेको छैन     मैले उनि तिर प्रश्न सुचक दृस्टी लाएँ । 

उनी कुद्दै कुद्दै अगाडी लागिन  अलि माथी को अग्लो चट्टान छेउ पुगेर रोकिईन ,      चट्टान को तल  पुगेर केहि बेर त्यो भिर अवलोकन गरे पछी माथी उठाउदै   भनेँ   " ल   तिमी पैले माथी जाउ 

   उनि  बिस्तरै माथि   पुगिन  र  तल तिर  निहुरिएर  हात दिदै बोलिन   "समाउ मेरो हात    तीन को शिरमा शिउरिएको फुलको  थुंगा  भुइमा खस्यो    मैले टिपेर फेरी  शिरमा   राखि दिएँ   अनि    तीन को हात समाएर माथी पुगेर बोलेँ ,   "उफ्,...अझै कती चढ्नु पर्ने हो  यो  भिर ।

  उँभो   तिर हेर्दै भनिन ,   अझै छ चढ्नु पर्ने  , उनी   अघी लागिन ।


एबम रितले अघी पछी हुँदै  अनकंटार अग्लो भिर को सात आठ वटा खुट्किला हरु मुस्किल ले चढिसकेपछी ,  बल्ल माथी तिर को हिउँ चुचुरा  अलि अलि दिखिन थालेको थियो भने ,  उँधो तिर हेर्दा मनै सिरिंग ,  मुटु   काप्ने टाकुरा म पुगिसकेको रहेछ । 

सुर्य   अब     मध्य   आकाश तिर लम्की रहेको थियो । सिरिरिर सिरिर बतास  लगातार चलिरहेको थियो ।  अली मुटु चिस्याउने अग्लो भिर   तर पनि  रमाइलो  महसुस  भाई रहेको थियो ।  त्यहाँ रुखहरु थिएन बरु  फुलेको सुनखरी र  लामु लामु हरियो झार मात्र थियो ।   हामी त्यो चट्टान माथी उभिएर यताउता को दृस्य हरु हेरे पछी खुट्टाको चपल हात मा लिएर कुरा गर्दै अघी लागिन  त्यो अप्ठ्यारा उकालो मा घाँस र बुट्यान हरु समाउदै भिर को टाकुरा चढिरहेको थियो ।  केहि समय बिस्तारै बिस्तारै उकालो हिडेपछी फेरी अर्को पैलेको भन्दा अग्लो चट्टानको सिँढी उक्लनु पर्ने भयो   पहिला उनको चपल उँभो माथी तिर फालेँ  अनि उनलाई हल्का उठाएर माथी तिर पठाएँ   त्यस पछी तीन ले एक हातले बुट्यान समाएर अर्को हात तलतिर बढाइन  ।  मैले तीन को हात समाइ बिस्तारै माथी पुगेँ । त्यहाँ ठुलो अनि चौडा ढुंगा रहेछ ।  तीन ले हावाको झोँका सँगै प्रफुल्ल मुद्रामा आफ्नो हात फैलाएर  सेतो पहिरन र लामु केश   फरर पारेर घुमिन       मैले    पछाडी पटी  हेर्दा   एउटा लाली गुराँस को रुख सँगै   सेताम्मेइ  फुलेको   सुनखरी को झ्यांग  भएको   चट्टान बाहेक    अरुतिर निक्कै खुला देखिन्थ्यो ।  तल हेर्दा त मुटु नै थर्थर काम्द्थ्यो    यसको मत्लब हामी ज्यादै अग्लो भिरको टाकुरा माथी पुगिएछ ।  त्यस्को ठिक नजिकै  पारी  भित्ताको जङल लाई चिर्दै लामु झारना सुइ सुइ सुसेल्दै तल तल खोला संङ्ग साइनो गाँसी रहेको थियो   टाकुरा कै ठिक अगाडी एउटा अग्लो  चाँप को  रुख अलि तलइ  देखी अग्लिएर टाकुरा माथी सम्मै ठिंङ्ग उभिएको थियो र घरी घरी हावाको झोँकाले ठेलेर  टाकुराको डिल मै  ठोकाइदिने गर्दथ्यो   र   फेरी बिस्तारै आफ्नै स्थानमा उभिन पुग्दथ्यो    टाकुरा बाट उँभो , माथी तिर हेर्दा  अब त्यो चाँदिझै  सेताम्मेइ टल्किएका हिउ शृंखला हरु  लग भग नजिकै देखिन थालेको थियो ।  सिरिरर सिरिरर   हावाको लहर संगै  कता कता  न्याउली चरा को मलिन अवाज  नजिक नजिक  सुनिन्थ्यो   फेरी हावाले  बिस्तारै उडाइ टाढा लान्थ्यो  ।  उकालो हिडाइको थकाइमार्न हामी त्यो चौडा ढुंगामा केहि छिनको लागी आराम गर्ने  बिचार भयो ।   उनी पछ्यौरि को घुम्टो ओढी   आँखा चिम गरेर प्रर्थना मा ध्यान केन्दृत रहिन , भने   म त्यो पारी को झार्ना हेरी एकहोरो टोलाई रहेँ ।  

"कती सुन्दर वतावरण ,  झिनु स्वरमा आफै गुन्गुनाएँ ।   वातावरण सुन्सान रह्यो   उड्ने पंछी हरु हावाको झ्ँका संगसंगै पंख फिजाएर  घरी हावामा तैरिन्दै  फेरी अलिअली पंख चलाउदै  अडिन्दै गरी रहन्थ्यो ,   मलाई चैँ   त्यो पंछी भन्दा हामी नै माथी छौँ जस्तो लाग्दै थियो ।   त्यस पछी  तीन ले  आफ्नु  चपल  उठाएर  ल्याइन   छेउमा  राख्दै मलिन   आवाज म बोलिन  "उफ  केका लागी मलाई यो ठाउमा पठाइदिनु भयो हे प्रभु ! ...  सपना त केवल सपना मै सिमित छ ....... बिपना भैदिए .......!..हँ ! मैले चकित हुँदै उनितिर नजर फर्काएँ ,   भिरेको झोला निकालेर भुइमा  राख्दै फेरी  सोधेँ "  के   सोँची  रहेछौ ? 

 "ए ,  केइ पनि होईन  भनेर झोलाको बाइबल निकाली  बचन पढ्न थालिन 

 मैले पनि  क्यान्भस कुची र  रंङहरु झोलाबाट निकालें र  रंगहरुसंग खेल्न थालेँ   त्यो प्राकृतिक सुन्दर  हिउँशृंखला हरु  प्रतिबिम्ब बनी मेरो क्यान्भास मा पोखियो ।   उनि आफ्नो केश हावाआमा  फहराउदै सर्लक सर्लक  कोरिरहेकी थिईन ।   तत्पस्चात मैले त्यो क्यान्भस झोलामा   राखेर अर्को क्यन्भास निकाली अलिपर गएँ ,  पारी  बन  को    लामु झरना को  पृष्ठ्भुमी मा    तीन लाई  केन्द्रबिन्दु  बनाएर  फेरी अर्को चित्र  तयार पारेँ । 

वाह " कती सुन्दर चित्र ,  उन ले त्यो चित्र हातमा लिईन  मैले झोलाबाट अर्को पनि निकालेर देखाएँ । त्यो पनि हातमा लिएर  दंग  पर्दै बोलिन "मलाई थाह थिएन कि तिमी एउटा निपुण चित्रकार हौ ।   उन ले  आफ्नु   त्यो चित्र खुव नियाली हेरी रहिन ।  दुइ हातले माथी उठाएर नियालिन   फेरी अर्को चित्र उठाएर  अलि  परको हाँगामा राखेर    वर बाट   केहिबेर पेन्टिङ्ग  नियालिन  साथसाथै   त्यो पारी को झर्ना सँग तुलना गरी  नियाले पछी  फेरी बोलिन 

 " मलाई  थाह थिएन  तिमी  सँउन्दर्य प्रेमी हौ  ।

 मैले कुची र  रंग हरु झोलामा राख्दै बोलेँ,  जव भावना को लहर हरु छाल बनी हृदय भरी छचल्किन्छ त्यसलाई क्यन्भासको पाना भरी यसै गरी पोखी दिन्छु । 

तीन  ले  किताव आफ्नो झोलामा राख्दै बोलिन ।  म कामना गर्दछु कि  तिम्रो यती  दुन्दर चित्र शिर्जना गर्ने हात हरु अनुग्रहित रहोस  ता कि   तिम्रो असाधरण खुबी हरुले सन्सार भर ख्याती पाउन सकोस ।

धन्यबाद भनेर मैले चित्र पनि झोलामा राखेँ ।

तीन ले एउटा सानु ढुङ्गा फुत्त उँभो  तिर फाल्दै बोलिन्,   उ- त्यो    हाँगामा हेर त !  तीन ले माथी तिर को गुराँस को हाँगा तिर देखाइन , त्यहाँ एक पंछी हाँगामा बसेको थियो 

" अँ त कती राम्रो चरा  है !     कुन जाती को त्यो ?      " मैले त्यता तिर हेरी सोधेँ ।

 त्यसै बेला न्यहु न्यहु गरी बिरक्ती  भाषामा  करायो  त्यो पंछी  ।   तीन ले   चाँप को फुल हातमा खेलाउदै बोलिन ,  पैले पैले देखी न्याउली को भाका सुनेको   तर   कहिल्यै नदेखेको यही नै रहेछ न्याउली चरी  ।

"भनेँ मैले,  अँ  सायद ,   आफैले आफ्नु परिचय दियो की   ।  

 त्यो पंछी त्यसै गरी कराइ नै रह्यो त्यही भाकामा  ।  तीन ले खुला  आकाश तिर मोहडा पारिन अनि एक लामु सुस्केरा तानेर बोलिन ,  मलाई  किन कुन्नी उराठ उराठ लागी रहेको छ ।    फेरी त्यही चरा तिर हेरेर बोलिन        "किन रोएको होला त्यो  , ।

"ह !    रोएको हो  र ? गाएको पो होला , अलि ठट्टाको भावमा भनिदिएँ ।

'खै कुन्नी , मलाई त रोए जस्तै लाग्छ       उनि अलि उदास देखिईन ।

 "हो र ? खै  , सायद त्यस्को जिवन साथी सङ्ग बिछोडिनु पर्‍यो कि ,  मैले अलि हल्का हासोमा त्यसै भनिदिएँ ।  तीन ले केहि नबोली चाँपको फुल त्यता तिर फालिदिइन ,  हावाले उडाइ लाग्यो कता कता  त्यो  पंछी पनि उडेर गयो कतै । 

मैले उडेर गैई  रहेको त्यो पंछी हेर्दै अलि भावुक भएर  फेरी  बोलेँ , "सायद ,    यसै गरी    तिमी   म देखी टाढा भएर गै दिएउ भने  म  पनि बिछोडको पिडामा बहकिएर  हिडिरहन्छु होला   ।    हृदय भरी भरिको तिम्रो झझल्को  बेदना बनी  सधै  सताइरहन्छ होला  ।    कोईलिको जस्तो   सुमधुर तिम्रो  आवाज  मन मस्तिष्क भरी भरी  धुन  बनी सपना बिपना गुन्जी रहन्छ होला  । अनि   मध्यरातमा   पनि     तिम्रो नाम  लिई    अनायासै  कराउछु   होला "सायद ।  

म बोली रहदा    तीन ले म  तिर  हेरी रहिन अनि  फेरी  पारिको लामु झरना हेरिन   अनि एक चोटी लामु सास तानेर फेरी म  तिरै    हेरी  भावुक ढंगमा बोलिन ,  यदी त्यस्तो      भैहालेमा     तिमीलाई भेट्न  फेरी त्यही   आँउला   जहाँ चाही  तिम्रो वास्तविक संसार छ    " तर  आखिर  तिमी कैले सम्म  मलाई माया गरिरहन्छौ ?

" म साँचो मनले तिमीलाई  माया  गरी रहन्छु  ,   जव सम्म जिवन रहन्छ ।  तिमी बिस्वास गर  सपना कि, मैले कसैलाई दिन नसकेको माया आज तिमीमा समर्पन गर्न लागी र हेछु     बिस्वास लागेन अझै  ?     बिस्वास दिलाउने प्रयास गरेँ ।

"हजुर ,  छोटो उत्तर दिईन अनि सानु ढुंगा टिपेर भिर तिर फुत्त तल फालिन र  साधरण शैलिमा  बोलिन  "साँचै माया , प्रेम् , बिस्वास  भरोसा मै त आज सम्म संसार अडेको छ   भने म पनि त्यही बिस्वास्को पात्र हुँ । 

 मैले उन को केशरासिमा सिउरिएको फुलको थुंगा लाई बिसतारै हातमा लिएर भनेँ ,  "के थाह      मैले जस्तै तिमीले पनि मलाई  माया गरेको छौ या गरेको छैन ।

" मतलव ?    प्रश्न गरि  मलाई हेरिन ।  

"मतलव ,  हरेक माया गर्ने प्रेमी वा प्रेमिका ले आफुले माया गरेको ब्यक्ती बाट पनि मायाको अपेक्षा गरेको हुन्छ    त्यो भएकोछ कि छैन,  अथवा तिमीले पनि मलाई माया गरेको छ कि छैन     अब म  पत्ता लगाउछु  यानी कि मेरो हातमा यो फुलको थुंगा छ ।

"अँ , कसरी" ? चकित मुद्रामा सोधिहालिन ।

 मैले त्यो फुलको पत्ता छोडाउदै बोलेँ , अब यो पत्ता गन्दै जादा जोडी भए मात्र तिम्रो पनि म प्रती माया छ भन्ने बुझ्दछु ,       मैले एउटा कथित योजना बनाइहालेँ ।

 "ल  हुन्छ ,  खै लेउ म गन्दछु,        तीन ले हात पसारिन ।

"हैन  म गनी हाल्छु नि,      पछाडी लादै मैले भनेँ ।  

 "नाइ म गन्छु देउ मलाई ,   खोसेर हातमा लिईन । 

 "पर्दैन मलाई नि  आउछ गन्न ,    मैले खोसेर लिएँ ।

"खै न देउ मलाई ,       फेरी  समाइहालिन ।

यसरि खोसा खोसी गर्दा गर्दै निकै जोडले हावा चल्यो सबै पत्ताहरु उडाएर लाग्यो कता कता ।

 ' तिमीले गर्दा त हो ,   मैले तीन लाई दोश लाउदै घचाडी दिएँ ।

'मलाई किन नदिएको ?  देको भए के हुन्थ्यो ?     अलिकती रिसाउदै  उता  फर्केर ठुस्किईन । 

 दुबै नि:शब्द , केहि क्षण वतावरण मौन रह्यो ।  आकाश सारा सफा थियो , कता कता टाढामा झ्यांकिरी र  न्याउली को भाका सुनिन्थ्यो   उड्ने पंछिहरु हावाको झोँकासंगै तैरिन्दै  थियो ।   उनी घरी स्-सानु ढुंगा टिपेर फुत्त फुत्त उँधोतिर फाल्दथिईन घरी त्यो नजिकै उडिरहेको पंछी हेरी रहन्थिन घरी पारी पारी को दृश्य हेरी टोलाई रहन्थिन ।    त्यो अग्लो भिरको टाकुरा माथी उनको सेतो पहिरन हावाको फरफर फहराइले कुनै सफल आरोही को बिजयी झण्डा झैँ लाग्दथ्यो ।   मैले पनि एक पटक चारै तर्फ नजर घुमाएँ पश्चात  झोला बाट सानु डाएरी निकालेँ  र पाना भरी अभिब्यक्तिका लहर हरु छरपस्ट पारी भराइदिए पछी शुन्यतालाई चिर्दै बिस्तारै बोलाएँ ,    "सपना ' "

"हुँ'    भनेर मलिन आवाजमा बोलेर  मुसुक्क मुस्काइन  ।  

 डयरी भुइमा  राख्दै बोलेँ ,  माफ गर ,   नरिसाउ   , मलाई  यस्तो लाग्छ   सपना     तिमीपनी मलाई माया गर्छौ ,   म तिमीलाई मुटु भरिको माया दिन चाहन्छु ,  बरु   आफुलाई त्यती वास्ता छैन जती तिमीलाई गरेकोछु,  तैपनी  यस्तै हो  सपना   माया देखाउन म  जान्दिन  ,   यदी म गलत छु भने  माफ गरिदेउ  म  निंदको सपना ठानेर बिउँझी जानेछु      मैले माफी माग्दै  भनेँ ,  ।

 उनि खुशी हुँदै मुसुक्कै हिँस्सिपूर्ण हासो हाँसिदिईन , तीन ले पछ्यौरीले  शिर ढाकिन   अनि  उभिएर  हात  आकाश्तर्फ  फैलाउदै      आँखा बन्द गरिन  ।   मैले   कलम झोलामा राख्दै भनेँ  ,  अब त खुशी भएउ  नि  !   तर उनि त्यसै गरी  नि:शब्द   रहिन ।  

 केहि छिन पछी डायरि उठाउदै  उनलाई घच्घयाउदै  फेरी   बोलेँ  ,      म तिमीलाई कबिता सुनाउँ  ?  "सपना ,             फेरी  पछ्यौरिको  छेउ  बाट  तानेँ ।  उनी  घुँडा टेकेर बस्दै   अलि उत्सुक भावमा   बोलिन ,   "आह !  कबिता रच्न पनि जानेको छ ?  सुनाइदेउ न त ।  तीनको  प्रसन्न मुहार       हेरी  हेरी  दंग पर्दै  एउटा पुरानु गित साभार गरी गाइदिएँ  

 "मुसुक्क हाँसिदेउ   फुल फुले झैँ  ।

पानी  परे पछिको    आकश खुले झैँ  ..................................................  

उनि ढुंगामा घोप्टी परी लेपटिएर दुवै हात गालामा राखी खुशी उमंग को भावभंगिमा दंग पर्दै मलाई हेरी रहिन  ।     अनि  मैले   एक चोटी  उनको प्रसन्न मुहार   हेरी  डायरी को पाना पल्टाएर  खुशी हुँदै   कविता यसरि सुनाइदिएँ  । 
 

कसले बनायो  अति  अग्लो  यो   चट्टानको थुम्को ।

बसेकी छिन  एक अप्सरा   ओढी   सेतो घुम्टो ।


कसले रच्यो होला  पृथ्विमै   एती   सुन्दर स्वर्ग ।

बस्छन जहाँ  सुन्दरी  परी    पहिरी   सेतो बर्को ।

सुई सुई गरी कन   पारी भित्ता  छहरा   सुसाउछन ।

सिर सिर  बतास   वारी   पाखा पहरा   गुन्गुनाउछन  ।


रहेको छ   सेतै  चुचुरा  माथी   हिमालिको   लर्को ।

बहेको छ   शितल पवन    न जाडो    न चर्को ।

उड्छन पंछिहरु  टाकुरामा  आफ्नो    पंख चाल्दै ।

फुल्छन चाँप गुराँस एकातिर  आफ्नै    रंग छर्दै ।


गाउछन न्याउली चरी पनि किन  बिरही   भाकामा ।

सुस्ताइ रहेछन दुइ प्राणी  त्यो  तारे भिर  को   काखमा ।       ______________________________


 तीन ले मुग्ध भएर कबिता सुनी रहेकी थिईन , "वाह ! वाह !!   थपक्क बस्दै बिस्तारै बोलिन  'अती राम्रो कबिता  ,  अझै अरु पनि  छ ?  सुनाइदेउ  ,    मैले  फेरी अर्को पाना  पल्टाएर गजल  पढी सुनाइ रहेको थिएँ  ।                  

                        

          " यस्तै रहेछ जिन्दगी "


कर्कलाको पात पात मा शित झैँ हाम्रो जिन्दगी ।

आँशु र हासोको दोसाँधमा मिलन बिछोड हो जिन्दगी ।

कथा ब्यथा लुकेको जस्तै गित यो जिन्दगी ।

हाँस्नु र रुनु संसारको यस्तै रित हो जिन्दगी ।

कहिल्यै नि नटुंगिने   यात्रा रहेछ जिन्दगी ।

आँशु पिई हाँसेर जिउनु मात्र रहेछ जिन्दगी ।


जिन्दगीको लडाइमा हार र जित को जिन्दगी ।

हाँस्नु र रुनु संसारको यस्तै रित हो जिन्दगी ।


हाँगा बाट झरेको फुल झैँ   यो     जिन्दगी ।

जन्मेर मर्नु  यहिनै  साएद  भुल हो   जिन्दगी ।


निभ्नु न जल्नुको दोसाँधमा जलेको दिप यो जिन्दगी ।

हाँस्नु र रुनु संसारको    यस्तै रित हो     जिन्दगी ।

जती हिड्यो त्यती लामु बाटो रहेछ जिन्दगी ।

आजको जिवन भोलिको ढुंगा माटो रहेछ जिन्दगी ।

एकै छिनमा बिलाई जाने  शित रहेछ    जिन्दगी ।

हाँस्नु र रुनु संसारको     रित     रहेछ   हो जिन्दगी ।                     

               " यस्तै रहेछ जिन्दगी  .।                    

उनि  त्यसै गरी गालामा हात  राखी  सुनी रहिन     मैले फेरी अर्को पाना पल्टाएँ 

  तीन ले   "खै   म पढ्छु ,   भनेर डाएरी आफ्नु हातमा लिईन  ।      म झोलाको शिरानी लगाएर  उन को सुन्दर  मुहार हेरी हेरी  ढुंगामा  पल्टिएँ ।तीन ले केहि समय पछी डाएरी को पुरै लेखहरु पढी सकेर  ताली पिट्दै बोलिन "वाह ,  तिमी कबी ,  तिमी लेखक , रचनकार ,बधाइ  छ तिमीलाई ।     अलि  गम्भिर भए  फेरी अरु  बोलिन      ' सँउन्दर्य  प्रेमी ब्यक्ती हरु  भावुक  हुन्छ भन्छन  हो रहेछ । 

मलाई  हरेक प्रकृतिक रचना हरु मन पर्छ ,  मैले रुखको  टुप्प तिर नजर उठाउदै भनेँ ।  तीन ले केहि नभनी  मुस्काइ मात्र दिईन ।   केहि बेर को मौनता पश्चात डाएरी गोजिमा राख्दै मैले भनेँ       अब सपना   तिम्रो सुमधुर स्वरमा  एउटा गित गाइदेउ ।

"नाई मलाई आउदईन ,  अलि नाक  खुम्चाउदै भनिन ।

होईन  जस्तो जान्दछौ  त्यस्तै गाउ न  ,   मैले कर गर्दै भनेँ ।

"मलाई आउदइन   तिमी नै गाउ न ।

"के   आउछ   त ?

"अरुले गाएको सुन्नु आउछ ।

"मेरो स्वर राम्रो छैन नि ।


एक चोटी गाएर त हेर कस्तो रैछ । 

मैले  भने   त   गला खराब छ 
 ।

"कस्तो छ त्यसरि नै गाउ न त ,   उल्टै मलाई अह्राईन ।

"गधाको जस्तो छ ,       म  झोँक्किएँ ।

"ए , गाउ न त गधा को आवाज कस्तो हुन्छ   कहिल्यै  सुनेको छैन ।

अलि वाक्क हुँदै मैले बोलेँ,  मलाई चित्र  कोर्न आउछ्,  कबिता  गजल रच्न आउछ मेरो  खुबी   त हेरी हाल्यो , अब मेरो स्वर पनि राम्रो भए त   तिमीलाई सयौ चोटी गाइदिने थिएँ,     तिम्रो जस्तो सुरिलो अवाज मेरो छैन ,   एउटा गित पनि गाउदैनौ  मेरो लागी  ?  ठिकै छ गाउदैनौ भने 

"ह्ँ  !    कैले सुन्यो ?             कहाँ  सुन्यो  मेरो स्वर ?

 अघी , तल  खोलाको ढुंगामा       पैलाको याद गराइदिदै भनेँ  

तीन ले नजिकैको  हाँगाको फुल टिपेर पत्ता  छोडाउदै केहि  याद गरेर बोलिन    "खै  कस्तो गित गाउनु ? 

कुनै पनि एउटा  गाए हुन्छ     मलाई तिम्रो सुमधुर स्वर सुनी रहन  मन पर्छ ।   भने पछी   उनि  अलि रातो भैईन  उठेर अलि पर गैइन फेरी वर आइन  ,   सिरिरिर बतास चल्यो चाँप र गुराँस को फुल खस्यो   बर्बरी    तीन ले   हावाको  झोँका सँगै  हात भरिको फुल  पनि  छरस्ट उफारिन     अनि  टाकुराको     डिलइमा  उभेर आफ्नो  सेतो  पछ्यौरी  हातले  माथी  फैलाएर  सिर्सिरे हावामा  फहराउदै   पर पर चारैतिर   दृश्टी  घुमाइन  अनि गलामा हात राखेर  "अँह्ँ  गरेर सुमधुर अवाज   सुस्तरी सुस्तरी   हावामा  यसरि   मिलाईन  । 



न्याउली चरी किन रोयो , सावन आउन हो कि ।

सपनी  मा  भेट   भयो , धोका पाउन हो कि ।


कस्तो साइनो बाँधी गयो एकै छिनमा आज । 

भनी देउ न  'ए  पहाड       नमानेर        लाज ।

  वारी पाखा न्याउली चरी  कोइली पारी बन ।

सपनाको   दुनियाँ मा   किन   रमाइ रहेछन   । 



तीन ले यसै गरी आफ्नो सुमधुर आवाज यो अन्कंटार भिरको टाकुरा मा मन्द मन्द पवन सँग सँगै गुन्जाइ रहेकी थिईन    मलाई यस्तो महसुस भई रहेको थियो कि  कहिँ सुन्दर सपना देखिरहेको  मिठो निन्द्रामा  कतै बाट  सितारको मिठो धुन गुन्जी रहेको छ    म  मुघ्ध भएर त्यो धुन सँगै   सपना  को संसारमा  दौडी रहेको छु । 

त्यसै बेला फट फट गर्दै न्याउली चरा को जोडी आएर नजिकैको हांगामा बस्यो ।  हामी दुवै को नजर त्यतातिर पर्‍यो     अनि दु:खित भाकामा करायो त्यो जोडी पंछी  ।  उनि त्यता तिर हेरी टोलाई रहिन ,  त्यहाँ वर पर केहि पंछी हरु पखेटा फिजाएर हावा संगै तैरी नै रहेको थियो भने,  न्याउलिको रुवाइ यथावत थियो  ।   केहि बेरको मौनता पछी  उठेर  तीन को  नजरतिर  हेरी मैले  झस्काउदै  बोलाएँ ,       "सपना'  कता हराएउ ?  

उनी अलि निराश मुद्रामा बोलिन   'मलाई ति न्याउली हरुको भाषा ले मेरो अतित को पानाहरु पल्टाइदिन्छ ।

 "हँ !   तिनिहरुको पनि भाषा हुन्छ ?    छाडिदेउ  ति    बिगत हरुलाई ,   अब खाली बर्तमान स्वीकार गर ,  हेर ,   हरेक जिव हरुको  आ-आफ्नै भाषाहरु हुन्छ  र  तिनि हरुको समय र  परिस्थिती सङ्ग केहि सम्बन्ध हुँदैन ।   मैले सानु ढुंगा टिपेर  त्योतिर फालेँ ,   त्यो पंछी उडेर गयो  । 

 "स्याबाश !     तिमीमा  यसैगरी  धैर्यताको   बाँध  कहिल्यै नभत्कियोस ,   तीन ले बिसतारै धाप दिईन  । 

"के भनेको  ?   तिमी पो बिचलित देखिएकी  छौ     मैले उन को मुहार हेरी  बोलेँ  ।

 म ?   म किन बिचलित  हुनु  ?   मैले त पहिले देखी  तिम्रो  मनोबल  मात्र जाँचेकी     हाँसेर  फेरी अरु  बोलिन  ।    हो ,    तिमीले  बोले जस्तै गरी धैर्यता   साथ  अघी बढ्दै जाउ   त्यहाँ   सफलताको सिढिहरुमा तिम्रो पाइला पर्नेछ  र  त्यो  सिढिहरुले  सफलताअको ढोका  सम्म  तिमीलाई डोर्याउने छ ।   भनेर  उनि अलि पर पुगेर सुर्य तर्फ हेरिन 

  ' सिरिर   बतास चल्यो  चाँप र गुराँसको फुल फेरी खस्यो माथ भरी ।

 म  उनको त्यो  भनाइको अर्थ खोज्दै  वाक्क  भई   टोलाउन पुगेँ       वतावरण फेरी उस्तैगरी मौन रह्यो ।  केहिबेर को  चुपचाप  पछी मैले   हल्का पछ्यौरी को छेउ तान्दै बोलेँ ,  "खै  त    गित ?     यतिकैमा  समाप्त ?        

 उनि    एक पटक   मुसुक्क हासिन ,   पुन: गाउन लागिन त्यही बाँकी  गित  । 


छाती भित्र ढुकढुकी बढे जस्तो लाग्छ ।

अन्जान मै कसैलाई रोजे जस्तो लाग्छ ।

माया यती मिठो हुन्छ बुझेको छैन मैले ।

छिन  भरमै उडाइ दिने हो कि बतासैले ।

सावन बादल किन रोयो झरी पर्न हो कि ।

एकान्त मा भेट भयो आँशु झर्न हो कि ।

शितल पवन यो किन भन्थेँ, सुसाईदिन रैछ ।


परदेशी लाई मनको पिर बिसाईदिन रैछ ।

न्याउली चरी किन रोयो सावन आउन होकि

सपनिमा भेत भयो धोका पाउन होकी ।

                                ……… 


तीन ले यसरि सुमधुर स्वरमा गित गाइ सकेर आफ्नो सुकिलो सेतो पहिरन फर्फराउदै करीव करीव, ओरालो लाग्दै गरेको सुर्य तर्फ हेरी पश्चात केहि समय आफ्नो गन्तब्य तर्फ हेरी टोलाईन । 'म उन को छेउमा गै तीनको कुममा हल्का स्पर्श गर्दे भने
    "सपना ,  'वास्तवमा ,  परमेस्वर  ले   तिमीलाई कुनै पनि कुरामा   कमी गरेको  छैन ।

 "हँ,    के छ र म मा त्यस्तो ?  हाँसेर प्रस्न गरिन ।

रुप छ  ,  रंग छ,   बिचार र भावना अनुसार को आवाज छ    बत्तिस लक्षण युक्त भनेर दार्सनिक बिद्वान कबी  हरुले बर्णन गर्छन सायद तिम्रै होला कि ,   मैले भनेँ । 

तीन ले मन्द मुस्कान मा  "धन्यबाद   भनेर पश्चिम क्षितिज तर्फ नजर लाईन अनि आफ्नु झोला भिरेर बोलिन     "अब जानु पर्छ  

  मैले पनि आफ्नु झोला पछाडी भिर्दै औँलाले  माथी तिर  देखाउदै सोधेँ           "उ-त्यो     हिउँ परी होईन ?  

  बाटो अलि ठाडो अप्ठ्यरो हुनाले   चपल हातमै लियर र पछ्यौरी एकचोटी सपक्क मिलाउदै भनिन ,     "हो त्यै परी हो  भनेर उक्कालो लागिन् ।    म जुत्ताको तना राम्ररी बाँधेर उन को साथ लागेँ  ।   केहि कदम मात्र  माथी गए पछी अब एउटा  भिर को छेउ नेर पुगेर रोकियौँ   ।   केहि बेर  त्यो भिर को अवस्थाअ हेर्दा त्यो चट्टान उक्ले पछी मात्र   बाटो अलि सहज जस्तो देखिन्थ्यो  ।   सायद यो नै अन्तिम खुट्किलो पनि हो  ।  तर यो  खुट्किलो  पैले पैलेको भन्दा निक्कै अग्लो लेउ परेको ठाडो ढुंगा मा तप तप पानीको रसाइन ले  झनै जटिल देखिदै थियो  ।   माथी  जाने बाटो नियाल्दै    उनि  अलि पर  पुगेर  अलिकती  आतिएर  "अबुईइ, '     भनेर दुइ पाइला पछी हटिन , के भयो ?  भनेर त्यहाँ छेउ पुगेँ  कहाली  लाग्दो  आकाश भन्दा अग्लो  छाँगा   यस्तो लाग्दथियो  त्यहाँ देखी तल कुनै जमिन छैन , हामी  आकास बिच अल्झिएको एउटा पिण्ड मा रहेकोछौँ , 

 ।    वातावरण   पनि  कस्तो कस्तो,   सामान्य भन्दा  अलि  सेतो चम्किलो  तर  शित्तल  शित्तल  अनुभव भई रहेको थियो ।  हामिले  माथी तिर  जाने बाटो को खोजिमा  नजर घुमाउदै जाँदा   त्यही  अग्लो  छाँगा  छेउ बाट मात्र  केहि सजिलो  जस्तो  पाईयो   हामी त्यही बाट हाम्रो गन्तब्य  छिचोल्ने निधो गरी  मैले  जुत्ता खोलेर  झोलामा तना झुन्ड्याएँ पछी , उन्लाई  बिस्तारै उठाएर भने भने ,    "ल  होसियार है '  उन्ले पनि  माथी तिर को लहरा समाउने प्रयास मा हात उठाउदै बोलिन  "हत्तेरि!  कती गार्हो ,  खै कसरी माथी जाने हो   !   
 मैले अझै  उठाउदै  माथी तिर हेरेर भनेँ  "उ- त्यो सुनखरिको झ्यांगमा पाइला राख र माथी को लहरामा समाएर माथी जाउ 
  उनले त्यसै गरी अलि माथी को स-सानु खुट्किला सम्म पुगेर तल    म तिर हेर्दै भनिन ,   "अब  तिमी कसरी आउछौ ?  
 मैले माथी हेर्दै भनेँ  "तिमी अलि तल सम्म आएर मलाई तान  उनले  यो पनि तिमी बोकिदेउ न भनेर  आफ्नु झोला निकालेर तल  फाली  दिईन   फेरी   डराइ डराइ  तल  आइन र  एक हातले  त्यही लहरा समाइ   त्यही  सुनखरिको  झ्यांगमा पाईला  राखेर    अर्को हात  तलतिर  बढाईन , मैले त्यो झोला पनि  मेरो झोला भित्रै राखेँर    मज्बुत सँग उनको   हात मिलाएर  समाएँ ।  उनले  बिस्तारै तानिन  अलि अलि गर्दै  केहि बेर को प्रयास मा बल्ल त्यही सुनखरिको झ्यंगमा पाइला राखी   लहरा समाउन पाएको थिएँ  त   अचानक त्यो  सुनखरिको झ्यांग उप्कियो   लहरा चुडियो  ।  मैले  हतार मा  'सपना.... ! भनेर च्याप  समाएँ  "अपसोँच !  हामी  तल  अग्लो त्यो  चाँप को रुखको हागामा  अल्झिएको थ्यौँ   मेरो हात मा  उनको सेतो पछ्यौरी  मात्र फहराइ रहेको थियो ।  त्यो पनि  हावाले  जबर्जस्त खोस्न लागे  झैँ लाग्दै थियो   उनि  म  भन्दा  तलको  हाँगामा अचेत अवस्थाआमाअ  अल्झिएकी ।  तीन को  सुन्दर लामु  केश  र  सेतो  पहिरन  हावाको  झोँका मा फरफराइ रहेको थियो  भने  म  अलि    माथिल्लो  हाँगामा  झोला सँगै    च्यापिएर  "सपना.. , सपना ..., भनेर अनवरत रुप मा  बोलाई रहेँ ।  बोलाउदा   "हुँ'    भनेर नरम अवाजको ठाउमा केवल त्यही न्याउलिको दुखित भाकाले  वाक्क बनाई दिन्थ्यो  तल्लो हाँगामा उनको अवस्था  हेरी हेरी  अति नै दर्दनाक पिँडामा छट्पटाइ रहेको थिएँ ।   केहि गर्न सक्ने अवस्था थिएन   मेरो चित्कार  सुनिदिने कोही थिएन ।   कोही थिएन मेरो आपतकालिन  अवस्था लाई बुझिदिने ।  कोही थिएन सुन्ने  मेरो कारुणिक सम्बोधन लाई   जो थिईन सपना सब थोक थिईन  जिवन मरण को मुख मा  अचेत थिईन ।  हावाले  त्यो  सुरिलो  रुखलाई   वर देखी पर पार्दै पिंग खेलाए झैँ गरी एक तमासले हलाई रहेको थियो मैले कतै सम्भावना छ कि  भन्ने झिनु आस मा   स-सानु हांगा समाएर एता उति   बल गरी गरी उम्किने दाउ गर्दा  तीन को होस खुलेर 'बचाउ , बचाउ भनी म तिर हात बढाईन ।  "आउ सपना भन्दै मैले पनि हात तल तिर लम्काइ रहेको थिएँ तर  छुन सम्म पनि सम्भव थिएन  तीन को कल्पी कल्पी रुवाइ र हृदयबिदारक चित्कारले भक्कानु फुटेर छिया छिया पार्दथ्यो,      "हे       भगवान यदी  ज्यान लिनु नै छ भने  मलाई चाही बरु यहाँदेखी पनि फाली देउ तर सपना लाई उद्दार गरिदेउ  ।  उन लाई नया जिवन देउ  मैले देउता पुकारेँ   त्यसै बेला निक्कै जोड्ले बतास चल्यो त्यो रुखलाई हावाले धकेलेर भिरको चट्टान मा ठोक्काइदियो ।  अर्धचेतन अवस्था मै  हांगा बाट  खुस्किएर  झर्दै गैइन - गैइन,   तल-तल  धेरै तल हुँदै   अदृस्य  भैईन ।   म चिच्याएर "सपना...." भनेर बेस्सरी  कराउन पुगेँ  ।   आवाज   प्रतिध्वनी बनेर मेरै कान मा ठोकिन आयो ।

  अब यो कहाँली लाग्दो संसार मेरो लागी भयानक  पृष्ठभुमी भएकोछ  जस मा म एक्लो छु   नितान्त एक्लो    अब मलाई  सारा जिवन गुमाए जस्तो लाग्न थाल्यो    मेरो जिवन जिवन होईन म त केवल माकुरा को जालोमा अल्झिएको  एउटा विवस आहारा हो   अब मैले मात्र  बाचेर के गर्नु   यो संसारमा उनि बिना बाच्नु मरितुल्य छ  ।  म आफुपनी खस्न लाई निक्कै जोड ले बल गरेँ   हात र खुट्टा जोड जोडले फालेँ , तर खुस्किन सकिन कारण दुइ हाँगा बिच मज्बुत सँग च्यापिएको थिएँ  ।            

मेरो  झोला हांगामा बलियो सँग बेरिएको थियो   अनि चिच्याएर भनेँ । "हे निष्ठुरी बतास्,!   अब  मेरो पनि प्राण     पखेरु छिटो 
उडाएर  टाढा लइजा ।   मलाई पनि यहाँबाट  छिट्टै  झारी दे !   अल्झाएर किन राख्छस  ? 

 उनि सँग बिताएको क्षण ,  उनले भनेको बाक्य हरु,   उनको त्यो निर्दोस चेहरा  र  सुमधुर आवाजमा गाएको गित् ,  याद गरी गरी रोइ  रहेको थिएँ ।   लगातार चलेको हावा ले रुख तमास सँग हल्लाई नै रहेको थियो हुरुरुरु गरी कान पुरै गुन्जाइ दिन्थ्यो ,  केहि सुन्न सकिरहेको थिएन ।    अनि  दिक्दारिपन मा  पुकारेँ ,  "हे  दैब   मैले   तेरो  के बिगार गरेको थिएं र   प्यारो वस्तु  खोसेर लिईस ?   एउटा निर्दोस  प्राणी  माथी  यती धेरै   अन्याय गर्ने भए   यती धेरै आपत्ती ल्याइदिने भए  राक्षस र  तँ   मा के अन्तर ?   भागवान त '   करुणा क खानी भन्ने लाग्थ्यो होइन रहेछ   आजबाट बिस्वास टुट्यो  'यसरी मैले अरु अरु पनि खुब बर्बराइ रहेको थिएँ ।     मेरो आँखा  बाट आशुको बलिन्द्र धारा बहाइ रहेको थियो   

 बिस्तारै   आफुलाई निक्कै शिथिल भएको महसुस भयो   म बाट शक्ती निस्केर गए जस्तो भान हुँदै थियो      हे प्रभु !   मलाई के भैरहे छ किन यस्तो आपत्ती ?  मैले पुकारेँ  
  त्यस पछी   उन को त्यो सेतो पछ्यौरी  भाव बिव्हल भएर छातिमा राखेँर बोलेँ ,   "यदी   बिछोड भै हालेमा   तिमीलाई भेट्न आउनेछु भनेकी थिएउ  सपना ,  यो पक्षपाती दैवले तिमीलाई मात्र परलोक लग्यो ,  मलाई यही छोडिदियो    बिपनामा त भेट हुन कसरी सम्भव छ ?   सपनिमा तिमी मलाई भेट्न आउ है।   मेरो हरेक रातको सपनी  पनि ,  बिपना झैँ भैकन्,  तिम्रै प्रतिक्षा मा हुनेछ   भनेर आँखा चिम्लिएँ त  उनि त जसरि रुख बाट झर्दै तल तिर अदृश्य भएकी थिईन उस्तै गरी त्यही सेतो बस्त्र पहिरिएकी सपना सेतो चम्किलो पखेटा फिँजाएर   उडि उडि   "तिमीलाई मैले एउटा  सन्देश ,   उपहार  को रुपमा  छोडी जादैछु ,  तिमीले त्यो  सन्देश , अक्सर मेरो यादमा  पढ ,  त्यहाँ   भ्एको  बचनले तिमीलाई सत्यको मार्गमा डोर्याउनेछ    तिमी त्यो  मार्ग  सधै  हिड्ने  गर  त्यसले तिमीलाई  अनन्त जिवन  को ढोका सम्म पुर्याउनेछ   र  त्यहाँ   तिम्रो मेरो भेट हुनेछ ।   भनेर  माथी माथी  धेरै माथी भएर  त्यसै गरी आकाशगंगा  पुगेर अदृश्य भैइन ।  म अचम्मित भै रहेको थिएँ  ।   फेरी आँखा खोलेर हेरेँ , म सँग त्यो पछ्यौरी थिएन  ।  त्यसै गरी तमासले बतास चलिनै रहेको थियो ।  रुख हल्लिइनै रहेको थियो  र  न्याउली रोइ नै रहेको थियो     त्यो सिवाय अरु केहि थिएन  । 

तीन ले भनेकी थिईन    "खुशी त कुनै बेला सपानामा पनि पाइन्छ र  त्यो  दुखमा  परिणत भएर  अन्तमा  ब्युझाइ  सँगै  समाप्त हुन्छ   

  " धेरै भावुक  नबन  वास्तविक क्षण हरु को ख्याल गर नत्र   पछुताउनु पर्ला   

     
"हे प्रभु  परमेस्वर  !  यो सबै सपना भएको होस ,  मैले  फेरी प्रर्थना   पुकारेँ  ।
 तर  उनले उपहार को रुपमा छोडेर गएको के थियो ?  मैले केहि पनि उनि बाट पाएको छैन ।  म चाही किन जमिन मा उत्रन सक्दिन  ?  के मेरो वास्तविक दुनिया भनेको यस्तै हो त ?     के  मेरो जिवन को अन्तिम शैयाँ यही रुखको टुप्प   हो  ?    कि उनि सँग भेट हुनु  मेरो भुल  थियो  ? 
 अनि   त्यो उपहार  यही  पिँडा  हो ?  नत्र   खै  तिमीले छोडी गएको त्यो सन्देश को  उपहार..?    "खै.,..??


  एस्तै सोँची रहदा मेरो झोला भित्र उनको  सानु  झोला , त्यस  भित्र बाइबल याद हुन साथ  फेरी आँखा चिम्लिएँ  " अनयाशै ,   बाइबल मा पैल्यै पढेको भजन हरु  एक एक गरी   सबै सम्झना  भई  कंठस्थ  भई दियो  ।    हे परम प्रभु परमेस्वर म तपाइमा नै शरण पर्छु    म माथी दया गर्नुहोस किन भने म अति दुर्बल छु ।    अब म एउटा परदेशी झैँ तपाइँको साथ  वास गर्दछु ।  हे परमप्रभु म माथी अनुग्रह गर्नुहोस ।     प्रभु मेरो प्रर्थना सुन्नुहोस । मद्दत्को लागी मैले गरेको  क्रन्दन सुन्नुहोस ।    मेरो आँशु त्यसै नटारी दिनुहोस ।   हे परमेस्वर मैले तपाइलाई नकारेको छु अब पश्चाताप गर्न मन्जुर छु । म बाट क्रोधको दृष्टी हटाउनुहोस र म फेरी हर्षित हुन सकुँ ।       हे प्रभु आफ्नो कृपा म देखी नरोक्नुहोस ता कि तपाइको प्रेम र सत्यताले निरन्तर रक्षा गरोस ।       हे परमप्रभु मलाई बचाउन मन पराउनुहोस ।   हे परमप्रभु मलाई म मद्दत गर्न चाँडै आउनुहोस  ।     हे परमप्रभु परमेस्वर तपाइले यो  देखी रहनु भएको छ मौन नबस्नुहोस  ।    
  मेरो सबै बिन्ती प्रार्थना तपाइ परमेस्वर को चरण मा अर्पण गर्दछु               भन्न साथ ,  "झसंङ्गै ब्युझिएँ ।  सपना पो रहेछ ।     भाले बासेर   मिरमिर बिहानि को  संकेत   दिईरहेको थियो , आँखाबाट  आँशु बगेर  शिरानी   निथ्रुक्कै भिजेछ , ।  सपनामा देखेको  ति  सुन्दरी को थिईन कुन्नी  ,  तर  सपनामा  उनले  गाएको  गित र गजल को पंङ्ती हरु   अझै  कैलेकाही  कागजमा   कोर्ने गर्छु  । 

                                                           ( समाप्त )


यहाँ लिखित ,  "धारावाहिक सपना"  शिर्शक को  ५ एपिसोड मध्यको एक एपिसोड हो  र यस अनुच्छेद मा काल्पनिक जस्तो  ६०  प्रतिशत घटना हरु चाँही  सपना मै देखिएको र भोगिएको  वास्तविक  भोगाइ हरु नै भएको हुनाले       मेरो सम्पुर्ण शुभचिन्तक  महानुभाव हरुमा   बाँड्न गै रहेको   छु  ।                                                                                                                                                                                                              धन्यबाद                                                         

                                       _____ कृतन  चाम्लिंग  राई   _____         


 My Facebook page:  https://www.facebook.com/kritan.rai
 

         
  
                      
     

   




 

     

      

     
  


      

1 comment: